

सेना र पुलिसले घेरेको प्रधानमन्त्री कार्यालय नजिकको बहुमुल्य सम्पत्ति चोरी
नेपाल प्रहरीका अलावा नेपाली सेनाको समेत सुरक्षा पहरा रहेको ठाउँ बाट बहुमुल्य सामान चोरी भएको छ । सबैभन्दा बलियो सुरक्षा रहेकै सिंहदरबारबाट बहुमूल्य वस्तु चोरी भएको पाइएको छ ।
-
काठामडौं ।
नेपाल प्रहरीका अलावा नेपाली सेनाको समेत सुरक्षा पहरा रहेको ठाउँ बाट बहुमुल्य सामान चोरी भएको छ । सबैभन्दा बलियो सुरक्षा रहेकै सिंहदरबारबाट बहुमूल्य वस्तु चोरी भएको पाइएको छ । रक्षा मन्त्रालयको पुरानो भवनमा रहेको बेलायती बैठक कक्षबाट गैंडाका खाग, बाघका दारा, जरायोका सिङ लगायत वहुमूल्य वस्तु नै गायब पारिएको खुलासा भएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति लगायतको टोली ऐतिहासिक दस्तावेज खोज्ने क्रममा प्रधानमन्त्री कार्यालयसँगै रहेको पुरानो रक्षा मन्त्रालयको बेलायती बैठक कक्षमा पुग्यो । टोलीले बैठक कक्षको अवलोकनका क्रममा वन्यजन्तुका बहुमुल्य अंग र सरसामान गायब भएको फेला पार्यो । सिंहदरबारभित्र रक्षा मन्त्रालयको पुरानो भवनमा रहेको बेलायती बैठक कक्षमा तत्कालीन राजाहरूले विदेशी विशिष्ट व्यक्तिसँग भेटघाट गर्नुका साथै रात्रिभोज गर्थे । बैठक कक्ष गैंडाका खागदेखि बाघका दारा, जुँगा र नङ्ग्रा, जरायोका सिङ लगायत वन्यजन्तुका वहूमूल्य वस्तुबाट सुसज्जित थिए । तर ती वहुमूल्य वस्तु अहिले बैठक कक्षमा छैनन् । गैंडाका २ वटा खाग, बाघका २ वटा नङ्ग्रा, दारा र जुँगा, जरायोको सिङ र अरु जनावरका अंगसमेत कडा पहरा भएको सिंह दरबारबाटै चोरी भएका छन् । कतिसम्म भने बहुमूल्य अंग निकालेर वन्यजन्तुका काम नलाग्ने भाग मात्र बैठक कक्षमा छाडेको पाइएको छ । प्रधानमन्त्री कार्यालयको छेउमै रहेको बेलायती बैठक कक्षबाट यति ठूलो चोरी हुँदासमेत कसैले थाहा पाएनन ।
News Desk 0 response आइतवार, साउन २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



