
सेना र पुलिसले घेरेको प्रधानमन्त्री कार्यालय नजिकको बहुमुल्य सम्पत्ति चोरी
नेपाल प्रहरीका अलावा नेपाली सेनाको समेत सुरक्षा पहरा रहेको ठाउँ बाट बहुमुल्य सामान चोरी भएको छ । सबैभन्दा बलियो सुरक्षा रहेकै सिंहदरबारबाट बहुमूल्य वस्तु चोरी भएको पाइएको छ ।
-
काठामडौं ।
नेपाल प्रहरीका अलावा नेपाली सेनाको समेत सुरक्षा पहरा रहेको ठाउँ बाट बहुमुल्य सामान चोरी भएको छ । सबैभन्दा बलियो सुरक्षा रहेकै सिंहदरबारबाट बहुमूल्य वस्तु चोरी भएको पाइएको छ । रक्षा मन्त्रालयको पुरानो भवनमा रहेको बेलायती बैठक कक्षबाट गैंडाका खाग, बाघका दारा, जरायोका सिङ लगायत वहुमूल्य वस्तु नै गायब पारिएको खुलासा भएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति लगायतको टोली ऐतिहासिक दस्तावेज खोज्ने क्रममा प्रधानमन्त्री कार्यालयसँगै रहेको पुरानो रक्षा मन्त्रालयको बेलायती बैठक कक्षमा पुग्यो । टोलीले बैठक कक्षको अवलोकनका क्रममा वन्यजन्तुका बहुमुल्य अंग र सरसामान गायब भएको फेला पार्यो । सिंहदरबारभित्र रक्षा मन्त्रालयको पुरानो भवनमा रहेको बेलायती बैठक कक्षमा तत्कालीन राजाहरूले विदेशी विशिष्ट व्यक्तिसँग भेटघाट गर्नुका साथै रात्रिभोज गर्थे । बैठक कक्ष गैंडाका खागदेखि बाघका दारा, जुँगा र नङ्ग्रा, जरायोका सिङ लगायत वन्यजन्तुका वहूमूल्य वस्तुबाट सुसज्जित थिए । तर ती वहुमूल्य वस्तु अहिले बैठक कक्षमा छैनन् । गैंडाका २ वटा खाग, बाघका २ वटा नङ्ग्रा, दारा र जुँगा, जरायोको सिङ र अरु जनावरका अंगसमेत कडा पहरा भएको सिंह दरबारबाटै चोरी भएका छन् । कतिसम्म भने बहुमूल्य अंग निकालेर वन्यजन्तुका काम नलाग्ने भाग मात्र बैठक कक्षमा छाडेको पाइएको छ । प्रधानमन्त्री कार्यालयको छेउमै रहेको बेलायती बैठक कक्षबाट यति ठूलो चोरी हुँदासमेत कसैले थाहा पाएनन ।
News Desk 0 response आइतवार, साउन २६, २०७६


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९