• काठमाडौं ।

    खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन नपाएको नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद केसीले मन्त्री र सचिवका कारण मेलम्चीको पानी राजधानी आउन नसकेको दाबी गरे ।

    एक गाग्री पानीका लागि र्कीतिपुरबासी बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए ।