

कर्मचारी युनियन खारेज गर्ने विषयमा सांसदहरुबीच ब्यापक मत बिभाजन
आधिकारिक ट्रेड युनियन रहने या खारेज गर्ने भन्ने विषयमा समिति सहमतिमा पुग्न सकेन । तर, सत्तारुढ नेकपाकै सांसदहरु कर्मचारी ट्रेड युनियन राख्न नहुने लाइनमा उभिएका छन् । केही सांसदले चाहिँ सरकारी कर्मचारीलाई नागरिकसरह मानेर ट्रेड युनियन खोल्न दिने हो भने सेना र प्रहरीलाई पनि ट्रेड युनियन खोल्न दिनुपर्ने तर्क गरे ।
-
काठमाडौं ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको दफा १२० उपर छलफल हुँदा कर्मचारी ट्रेड युनियन राख्ने कि खारेज गर्ने भन्ने विषयमा जति नै माथापच्चीसी भए पनि निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रहने या खारेज गर्ने भन्ने विषयमा समिति सहमतिमा पुग्न सकेन । तर, सत्तारुढ नेकपाकै सांसदहरु कर्मचारी ट्रेड युनियन राख्न नहुने लाइनमा उभिएका छन् । केही सांसदले चाहिँ सरकारी कर्मचारीलाई नागरिकसरह मानेर ट्रेड युनियन खोल्न दिने हो भने सेना र प्रहरीलाई पनि ट्रेड युनियन खोल्न दिनुपर्ने तर्क गरे । यस्तै विधेयकको दफा १२० को उपदफा ६ मा आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समुहले सामुहिक मागदाबी पेश गर्न नपाउने उल्लेख छ । ट्रेड युनियनले पनि मागदाबी गर्दा छलफल, वार्ताको माध्यम प्रयोग गर्नुपर्ने, त्यसबाहेक हड्ताल वा काम बन्द गर्न नपाउने पनि पनि सोही उपदफामा छ ।
सिंहरबारस्थित समितिको हलमा बुधबार आयोजित छलफलमा सहभागी कतिपय सांसदले दफा १२० पुरै हटाउन माग गरेका छन् । कतिपयले विधेयक जस्ताको त्यस्तै पास गर्नुपर्ने तर्क गरेका छन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन नै राख्ने कि नराख्ने वा के गर्ने रु भन्नेमा बहस नटुङ्गिएपछि सोही दफामा रहेका अन्य प्रस्तावित व्यवस्थामाथि छलफल अगाडि बढेन ।
यसअघि समितिको बुधबारकै बैठकले निजामती कर्मचारीले सामुहिक राजीनामा दिए सरकारले स्वीकृत गर्न सक्नेसम्बन्धी व्यवस्थामा सहमति जुटाएको थियो ।
सरकारी कर्मचारीलाई कार्यालय समयमा निजी काममा बन्देज लगाउने लगायतका प्रावधानमा पनि समितिले सहमति जुटाएको छ ।तर, प्रधानमन्त्री ओलीले समेत कर्मचारी ट्रेड युनियन खारेज हुँदैन भनेर बताइसकेको अवस्थामा संसदीय समितिले यसबारे के निचोड निकाल्छ, त्यो हेर्न अझै अर्को बैठकसम्म कुर्नुपर्ने भएको छ ।
News Desk 0 response बुधबार, साउन २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०