

-
काठमाडौं ।
नेकपाको नयाँ कार्यबिभाजनमा स्कुल बिभागका बारे निक्कै रस्साकस्सी भएको छ । कार्यकर्तालाई बैचारिक रुपमा तेज तुल्याउन स्कुल बिभागको भूमिका आवश्यक हुन्छ । यस अघिका यो बिभाग काम हेर्दा भने त्यो भूमिका खास्सै देखिएन । नेकपा(एमाले)मा होस् या नेकपा माओवादीमा होस् बैचारिकरुपमा कार्यकर्तालाई प्रशिक्षित गर्ने काम निक्कै कम भयो । अन्य प्रजातान्त्रिक दलमा पनि बैचारिक निख्खरता भेटिएको छैन । हुनत नेतृत्वको बैचारिक लाईन कार्यकर्तामा लैजान पनि यसको प्रमुख भूमिका हुन्छ । तर, पछिल्ला समयमा बैचारिक लाईन भन्दा पनि सम्वन्धको लाईनले काम गर्न थालेपछि कमिन्युष्ट पार्टीमा स्कुल बिभाग बेकामेजस्तै भएको छ ।
News Desk 0 response आइतवार, साउन १९, २०७६
नेकपाको नेतृत्वमा कार्य बिभाजनको करिब करिब अन्तिम चरणमा पुगेको छ । देशमा चरम आर्थिक अनियमितता, घुसखोरी, भ्रष्टाचार, ढिलासुस्ती, हरेक क्षेत्रमा गैर जिम्मेवारिपन बढ्दो छ । सरकारी सेवालाई प्रभावकारी नबनाइ जनताले राहतको महशुस गर्न पाउँदैनन, दुई तिहाइको सरकार बनेको छ तर आधारभूत तहका जनताले राहत, खुशी र उत्साह पाएको पूर्ण अनुभूति गर्न पाएका छैनन् ।
योजना र कार्यक्रमको अभाव छ । यस क्षेत्रमा काम गर्ने बिभाग र जिम्मेवारी तोक्न पाए जनताले राहत महशुस गर्ने थिए भन्दै नेकपाका कार्यकर्ताहरु कर्मचारी सुशासान हेर्ने बिभाग गठन गर्न आग्रह गर्न थालेका छन् । तत्कालिन नेकपा(एमाले)का सिन्धुपाल्चोक जिल्ला पूर्व अध्यक्ष हस्त पण्डितले यस बिषयमा नेतृत्वलाई सचेत गराउनु पर्ने बताए । देशको स्थायी सरकारनै कर्मचारी संयन्त्र हो । उनीहरुबाट सही काम भएन भने मुलुक बर्बाद हुन्छ । त्यसकारण पनि यो संयन्त्र सञ्चालनका लागि नेकपाले गतिलो बिभाग बनाउनु पर्ने पण्डितको तर्क छ ।
हुनत नेकपामा रहेका यस अघिका दलले पनि यो अभ्यास केही गरेका थिए । तर, बिभागको कुरा सुन्नु भन्दा पनि गुटगत प्रबृत्तिले सिधै नेतृत्वसँग समन्वय गर्ने कारण पनि त्यस्ता बिभाग काम नलाग्ने बनाईएको थियो । हरेक बिषयमा पार्टी नेतृत्वले मात्र हेर्न नमिल्ने कारण पनि आगामी दिन सुशासन र कर्मचारी संयन्त्रलाई सही बिश्लेषण गर्ने, अनुगमन गर्ने र दण्ड जरिवानाको सिफारिस गर्ने बिभागको खाँचो रहेको आम कार्यकर्ताको बुझाई छ ।

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



