

-
काठमाडौं ।
नेकपाको नयाँ कार्यबिभाजनमा स्कुल बिभागका बारे निक्कै रस्साकस्सी भएको छ । कार्यकर्तालाई बैचारिक रुपमा तेज तुल्याउन स्कुल बिभागको भूमिका आवश्यक हुन्छ । यस अघिका यो बिभाग काम हेर्दा भने त्यो भूमिका खास्सै देखिएन । नेकपा(एमाले)मा होस् या नेकपा माओवादीमा होस् बैचारिकरुपमा कार्यकर्तालाई प्रशिक्षित गर्ने काम निक्कै कम भयो । अन्य प्रजातान्त्रिक दलमा पनि बैचारिक निख्खरता भेटिएको छैन । हुनत नेतृत्वको बैचारिक लाईन कार्यकर्तामा लैजान पनि यसको प्रमुख भूमिका हुन्छ । तर, पछिल्ला समयमा बैचारिक लाईन भन्दा पनि सम्वन्धको लाईनले काम गर्न थालेपछि कमिन्युष्ट पार्टीमा स्कुल बिभाग बेकामेजस्तै भएको छ ।
News Desk 0 response आइतवार, साउन १९, २०७६
नेकपाको नेतृत्वमा कार्य बिभाजनको करिब करिब अन्तिम चरणमा पुगेको छ । देशमा चरम आर्थिक अनियमितता, घुसखोरी, भ्रष्टाचार, ढिलासुस्ती, हरेक क्षेत्रमा गैर जिम्मेवारिपन बढ्दो छ । सरकारी सेवालाई प्रभावकारी नबनाइ जनताले राहतको महशुस गर्न पाउँदैनन, दुई तिहाइको सरकार बनेको छ तर आधारभूत तहका जनताले राहत, खुशी र उत्साह पाएको पूर्ण अनुभूति गर्न पाएका छैनन् ।
योजना र कार्यक्रमको अभाव छ । यस क्षेत्रमा काम गर्ने बिभाग र जिम्मेवारी तोक्न पाए जनताले राहत महशुस गर्ने थिए भन्दै नेकपाका कार्यकर्ताहरु कर्मचारी सुशासान हेर्ने बिभाग गठन गर्न आग्रह गर्न थालेका छन् । तत्कालिन नेकपा(एमाले)का सिन्धुपाल्चोक जिल्ला पूर्व अध्यक्ष हस्त पण्डितले यस बिषयमा नेतृत्वलाई सचेत गराउनु पर्ने बताए । देशको स्थायी सरकारनै कर्मचारी संयन्त्र हो । उनीहरुबाट सही काम भएन भने मुलुक बर्बाद हुन्छ । त्यसकारण पनि यो संयन्त्र सञ्चालनका लागि नेकपाले गतिलो बिभाग बनाउनु पर्ने पण्डितको तर्क छ ।
हुनत नेकपामा रहेका यस अघिका दलले पनि यो अभ्यास केही गरेका थिए । तर, बिभागको कुरा सुन्नु भन्दा पनि गुटगत प्रबृत्तिले सिधै नेतृत्वसँग समन्वय गर्ने कारण पनि त्यस्ता बिभाग काम नलाग्ने बनाईएको थियो । हरेक बिषयमा पार्टी नेतृत्वले मात्र हेर्न नमिल्ने कारण पनि आगामी दिन सुशासन र कर्मचारी संयन्त्रलाई सही बिश्लेषण गर्ने, अनुगमन गर्ने र दण्ड जरिवानाको सिफारिस गर्ने बिभागको खाँचो रहेको आम कार्यकर्ताको बुझाई छ ।


सम्बन्धित शीर्षकहरु
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९