
बैंठक अवरुद्ध गरेर पनि भत्ता खान्छन् सांसदहरु
केही दिन देखि संसदको बैठक अवरुद्ध छ । बैठक अवरुद्ध भए पनि बैठक भत्ताबापत एक हजार र यातायातबापत १ हजार गरी प्रतिब्यक्ति २ हजार रुपैयाँ सांसदहरुले लिने गरेका छन् ।
-
काठमाडौं ।
केही दिन देखि संसदको बैठक अवरुद्ध छ । बैठक अवरुद्ध भए पनि बैठक भत्ताबापत एक हजार र यातायातबापत १ हजार गरी प्रतिब्यक्ति २ हजार रुपैयाँ सांसदहरुले लिने गरेका छन् ।
बैठक अवरुद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रूपमा रहने गर्दछ। दैनिक जसो बैठक अवरुद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ।
संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानीलगायतमा मासिक १२ लाख खर्च हुने गरेको छ ।
प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रतिबैठक ७ लाख रुपैया खर्च हुने गरेको छ। प्रतिनिधिसभाको बैठक संञ्चालनका लागि आवश्यक पूर्वतयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने यातायात र बैठक भत्तासमेत गरि प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ।
यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रवन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुलीलगायतमा हुने खर्चहरूको एक मुष्ठ रकम हो। बैठक बस्ने दिन मर्यादापालकलगायत सचिवालयका अन्य कर्मचारीहरू आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ।
News Desk 0 response बिहिबार, साउन १६, २०७६


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९