

बैंठक अवरुद्ध गरेर पनि भत्ता खान्छन् सांसदहरु
केही दिन देखि संसदको बैठक अवरुद्ध छ । बैठक अवरुद्ध भए पनि बैठक भत्ताबापत एक हजार र यातायातबापत १ हजार गरी प्रतिब्यक्ति २ हजार रुपैयाँ सांसदहरुले लिने गरेका छन् ।
-
काठमाडौं ।
केही दिन देखि संसदको बैठक अवरुद्ध छ । बैठक अवरुद्ध भए पनि बैठक भत्ताबापत एक हजार र यातायातबापत १ हजार गरी प्रतिब्यक्ति २ हजार रुपैयाँ सांसदहरुले लिने गरेका छन् ।
बैठक अवरुद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रूपमा रहने गर्दछ। दैनिक जसो बैठक अवरुद्ध हुँदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ।
संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानीलगायतमा मासिक १२ लाख खर्च हुने गरेको छ ।
प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रतिबैठक ७ लाख रुपैया खर्च हुने गरेको छ। प्रतिनिधिसभाको बैठक संञ्चालनका लागि आवश्यक पूर्वतयारीदेखि सांसदहरूलाई उपलब्ध गराउने यातायात र बैठक भत्तासमेत गरि प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ।
यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रवन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुलीलगायतमा हुने खर्चहरूको एक मुष्ठ रकम हो। बैठक बस्ने दिन मर्यादापालकलगायत सचिवालयका अन्य कर्मचारीहरू आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ।
News Desk 0 response बिहिबार, साउन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



