

काठमाडौं विश्वविद्यालयका पदाधिकारीको मिलेमतोमा सहायक प्राध्यापकको नियुक्ति
उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवोध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
-
काठमाडौं ।
नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र महेन्द्र सापकोटाले पदाधिकारीको मिलेमतोमा नियमविपरीत अपारदर्शी तरिकाबाट स्कुल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयका सहायक प्राध्यापकको नियुक्ति गरिएको दाबी गर्दै काठमाडौं विश्वविद्यालयका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी गरेका छन् ।
उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवोध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ ।
खुला प्रतियोगिता भनिए पनि दुई वर्षअघि प्रतिस्पर्धाविना करारमा नियुक्त भई विश्वविद्यालयमा कार्यरत व्यक्तिहरूलाई नै अपारदर्शी तरिकाबाट नियुक्त गरिएको उजुरीकर्ताको भनाइ छ ।
अख्तियारमा उजुरी दिनु अगाडि आफूले मिति ०७६ असार २७मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको, विश्वविद्यालयको नियम के छ, लिखित परीक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरी प्रतिस्प्रर्धी उम्मेदवारले जम्मा कति अङ्क प्राप्त गरे, वैकल्पिक उम्मेदवारको कति अङ्क आयो, पत्रकारितामा वैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असार ३० गते विश्वविद्यालयका सूचना अधिकारी रजिस्ट्रार शर्मालाई निवेदन बुझाएको, तर उनले बेवास्ता गरेको पन्त बताउँछन् ।
हालसम्म सूचना उपलब्ध नभएपछि उनले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।
विश्वविद्यालयको नियम अनुसार छनोट समितिमा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि पनि रहनुपर्ने एवं नतिजामा वैकल्पिक उम्मेदवारको सूची पनि प्रकाशित गर्नुपर्नेमा त्यसो नगरिएको पन्तको दाबी छ ।
News Desk 0 response बिहिबार, साउन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



