
काठमाडौं विश्वविद्यालयका पदाधिकारीको मिलेमतोमा सहायक प्राध्यापकको नियुक्ति
उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवोध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
-
काठमाडौं ।
नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र महेन्द्र सापकोटाले पदाधिकारीको मिलेमतोमा नियमविपरीत अपारदर्शी तरिकाबाट स्कुल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयका सहायक प्राध्यापकको नियुक्ति गरिएको दाबी गर्दै काठमाडौं विश्वविद्यालयका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी गरेका छन् ।
उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवोध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ ।
खुला प्रतियोगिता भनिए पनि दुई वर्षअघि प्रतिस्पर्धाविना करारमा नियुक्त भई विश्वविद्यालयमा कार्यरत व्यक्तिहरूलाई नै अपारदर्शी तरिकाबाट नियुक्त गरिएको उजुरीकर्ताको भनाइ छ ।
अख्तियारमा उजुरी दिनु अगाडि आफूले मिति ०७६ असार २७मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको, विश्वविद्यालयको नियम के छ, लिखित परीक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरी प्रतिस्प्रर्धी उम्मेदवारले जम्मा कति अङ्क प्राप्त गरे, वैकल्पिक उम्मेदवारको कति अङ्क आयो, पत्रकारितामा वैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असार ३० गते विश्वविद्यालयका सूचना अधिकारी रजिस्ट्रार शर्मालाई निवेदन बुझाएको, तर उनले बेवास्ता गरेको पन्त बताउँछन् ।
हालसम्म सूचना उपलब्ध नभएपछि उनले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।
विश्वविद्यालयको नियम अनुसार छनोट समितिमा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि पनि रहनुपर्ने एवं नतिजामा वैकल्पिक उम्मेदवारको सूची पनि प्रकाशित गर्नुपर्नेमा त्यसो नगरिएको पन्तको दाबी छ ।
News Desk 0 response बिहिबार, साउन १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९