

-
काठमाडौं । सरकारले घोषणा गरेको भ्रमण वर्ष आउन ५ महिना मात्र बाँकी हुँदा पनि यसतर्फ न पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा रहेको नेपाल पर्यटन बोर्डले ध्यान दिएको छ, न त भ्रमण वर्ष सचिवालयले नै। पर्यटकलाई नेपाल ल्याउने अन्तर्राष्ट्रिय एजेन्सीलाई लोभ्याउन नसकेकाले यसअघि दुई पटक मनाएका भ्रमण वर्षमा पनि लक्ष्य अनुसार पर्यटक नआएको यथार्थ छ । यसैले विगतबाट पाठ सिकी खर्च गर्ने क्षमतासहितका पर्यटकलाई आकर्षित गर्ने प्याकेज बनाउन ढिलाइ गर्न हुँदैन ।
दुइ वर्षअघि नै सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरे पनि राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गर्न एक वर्ष लाग्यो । नियुक्तिपछि पनि भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने ठोस योजना ल्याउन सकेको छैन । भ्रमण वर्षमा यो वर्षभन्दा बढी पर्यटक किन नेपाल आउने ? पर्यटकलाई केके सुविधा र आकर्षण छन् भन्ने प्रश्नको जवाफ सरकारी अधिकारीहरूसँगै छैन । यतिसम्म कि भ्रमण वर्षलक्षित कुनै विशेष प्याकेज पनि बनाइएको छैन ।
पर्वतारोहण र साहसिक पर्यटनका लागि नेपाल संसारमै चिनिन्छ । तर २० लाख पर्यटक भित्र्याउने योजना भने निकै महत्वाकांक्षी हो । यो योजना सफल तुल्याउन प्रचारप्रसारले मात्र पुग्दैन, पर्यटकलाई नयाँ नयाँ सुविधा र छुटका प्याकेजसहित आकर्षित गर्न सक्नुपर्छ । तर उल्टै स्थानीय तहपिच्छे उठाउन थालिएको कर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढाइएको प्रवेश शुल्कले सकारात्मक भन्दा नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



