

-
काठमाडौं ।
मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुबिधासम्पन्न कार्यालय घोषणा गरिएको छ । कार्यालयको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मााकुमारी अर्यालले गरीन् ।
कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको निर्देशनमा काम गर्न कर्मचारीलाई निर्देशन पनि दिईन् ।
त्यस अवसरमा मन्त्री अर्यालले नमुना कार्यालयको रूपमा विकास गरिएको मालपोत कार्यालय साँखु र आधुनिकीकरण गरिएको नापी कार्यालय साँखुको अनुगमन निरिक्षण समेत गरीन् । त्यस अवसरमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले मन्त्रालयले थालेको सिस्टमलाई फेल गर्नेगरी जान कुनैपनि कर्मचारीलाई छुट नभएको उनले बताईन् ।
News Desk 0 response सोमवार, साउन १३, २०७६
अहिले ६२ वटा कार्यालयमा श्रेस्तालाई स्क्यानिङ गरेर २५ वटा कार्यालयमा भूसेवा केन्द्र स्थापना गरेको छ । सरकारी र सार्वजनिक जग्गा रोक्नका निम्ति सरकारले आयोग बनाएको मन्त्रालयले व्यवस्थित सफ्टवेरको विकास गरेको भन्दै यदि कसैले सरकाररी वा सार्वजनिक जग्गामाथि दोहन गर्न खोजेमा त्यो सफ्टवेयरले लिन नसक्ने व्यवस्था गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बिस्तारै सबै कार्यालयलाई आधुनिक र सुबिधासम्पन्न बनाउदै लैजान अभियान मन्त्रालय लागेको बताए । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले देशभरका मालपोत कार्यालयमध्ये ७६ कार्यालयमा अनलाइन सेवा सञ्चालन गरिएको जानकारी दिए । बिस्तारै सबै कार्यालयलाई डिजिटलाइज्ड गर्दै लैजाने योजना रहेको दुवाडीको भनाई छ । दुवाडीकै नेतृत्वमा आधुनिक कार्यालय निर्माणको काम भईरहेको छ ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३




