

१६० नर्स चाहिने मानसिक अस्पतालमा १६ जना मात्र
७४ दरबन्दी मा २६ खाली । दैनिक ३ सय बिरामी पुग्ने अस्पतालमा जम्मा १६ जना नर्सको दरबन्दी छ । यो दरबन्दी पनि २०४० सालकै हो ।
-
काठमाडौं ।
केन्द्रीय मानसिक अस्पताल ३५ वर्षअघि स्थापना हुँदा ५० शैया थियो, जसमध्ये तीन वटा इमर्जेन्सीमा छुट्याइएको छ । अहिलेसम्म पनि अस्पतालले बेड सङख्या बढाउन सकेको छैन ।
दैनिक ३ सय बिरामी पुग्ने अस्पतालमा जम्मा १६ जना नर्सको दरबन्दी छ । यो दरबन्दी पनि २०४० सालकै हो ।
मानशिक अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार एघारौं तहको चिकित्सकको ३ वटा दरबन्दी छ । कन्सलटेन्ट साइक्याट्रिकको ६ वटा दरबन्दी रहेकोमा १ जना मात्र कार्यरत छन् । ६ जना मेडिकल अधिकृतको दरबन्दी छुट्याइएपनि ३ जना मात्र कार्यरत छन् । कुल ७४ दरबन्दी मध्ये २६ खाली नै छ ।
११ जना रेजिडेण्ड चिकित्सकको भरमा अस्पताल चलिरहेको छ ।
बिरामीको चाप बढेर सेवा दिन गाह्रो भएपछि अस्पतालले एक वर्षअघि ‘ओएनएम’ सर्भे पनि गराएको थियो । अस्पतालको बेड सङख्या कम्तिमा ३ सय हुनुपर्ने, नर्स १६० र नर्सिङ अधिकृत ५२ जना चाहिने देखियो । डाक्टरसँगै अस्पतालको लागि नयाँ भवन र उपकरण ल्याउनुपर्छ भन्ने ‘ओएनएम’ सर्भे रिपोर्टमा उल्लेख छ । तर स्वास्थ्य मन्त्रालयमा बुझाइएको प्रतिवेदनबारे अहिलेसम्म कुनै जवाफ आएको छैन ।
News Desk 0 response सोमवार, साउन १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९