
-
नेपालगंञ्ज ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राहदानीबाट दुई करोड १७ लाख २५ हजार रुपैयाँ सकंलन भएको छ। संघ संस्था दर्ता दस्तुरबाट ६ लाख ६८ हजार ५५० रुपैयाँ संकलन भएको छ। त्यसैगरी, न्यायिक दस्तुरबाट ६ लाख ५४ हजार २४३ रुपैयाँ, हातहतियार इजाजत पत्र दस्तुर बापत एक लाख ७६ हजार २५० र परीक्षा शुल्क बापत एक हजार आठ सय रुपैयाँ संकलन भएको सहायक प्रजिअ अर्यालले बताए। प्रशासनले १२ हजार ६०० पैयाँ बेरुजु उठाएको छ। प्रशासनले द्वन्द्वका बेला मृत्यु र बेपत्ताका आश्रित एउटा परिवारलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ। त्यसैगरी प्रतिपरिवार ६९ हजार ७५० रुपैयाँको दरले आठ जनालाई जीवन निर्वाह भत्ता बापत पाँच लाख ५८ हजार रुपैयाँ वितरण गरेको कार्यालयलले जनाएको छ। विस्थापित २७ परिवारलाई २१ लाख ९७ हजार ५०० र शहीद परिवारलाई जीवन निर्वाहका लागि ८४ हजार रुपैयाँ तथा पाँच जना टुहुरा बालबालिकालाई तीन लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको जानकारी दिए।
News Desk 0 response सोमवार, साउन १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९