

सेनासँग अख्तियार डरायो,दोषी अधिकारीको सम्पत्ति छानबिन भएन
सैनिक अदालतले गर्ने फैसलामा सैनिक मात्रै प्रयोग भएको हुन्छ । उसले गरेका अनियमितता गरेर कमाएको सम्पत्ती छानबिन गर्ने र त्यसको आधारमा फैसला सुनाउने अधिकार सैनिक अदालतलाइ हुँदैन । जबकी संविधानले सैनिक एेनले कार्वाही गरेको सैनिकको सम्पत्तिमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ दिएको छ ।
-
सेनालेनै दोषी देखाएका सैन्य अधिकारीलाई पनि अख्तियारले कार्वाही गर्न आनाकानी गरिरहेको छ । भ्रष्टाचार र पदीय दुरुपयोग नियन्त्रण गर्ने अख्तियारप्राप्त संवैधानिक निकाय नै यसरी कमजोर हुनु भनेको सुशासनका लागि गतिलो सन्देश होइन । संविधानले नै बलशाली बनाएको अख्तियार सेनाभित्र अनियमितामा भएको भनेर प्रमाणित भइसकेको घटनामा किन पस्नै चाहँदैन भन्ने प्रश्न महत्वपुर्ण छ ।
नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै प्रधानसेनापती पूर्णचन्द्र थापाले सैनिक जवान भर्नामा अनियमितता भएको थाहा पाएपछि एकै पटकमा एक सय ७३ जनालाइ सेवाबाट बर्खास्त गरे । जेठ महिनामा मात्रै ४९ रुपैयाँ हिनामिना गरेको अभियोगमा लेफ्टिनेन्ट कर्णेल केशवराज कार्की सैनिक अदालतको निर्णयपछि कैद सजाय भुक्तान गरिरहेका छन् । बितेको एक वर्षमा मात्रै सेनाका एक सय ८२ जना आर्थिक अनियमिताको आरोपमा वर्खास्तगीमा परिसकेका छन । तर सैनिक अदालतले गर्ने फैसलामा सैनिक मात्रै प्रयोग भएको हुन्छ । उसले गरेका अनियमितता गरेर कमाएको सम्पत्ती छानबिन गर्ने र त्यसको आधारमा फैसला सुनाउने अधिकार सैनिक अदालतलाइ हुँदैन । जबकी संविधानले सैनिक एेनले कार्वाही गरेको सैनिकको सम्पत्तिमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ दिएको छ । तर अख्तियारले संविधानप्रदत्त यो अधिकार प्रयोग गरेको रेकर्ड नै छैन ।बितेको एक वर्षमा थुप्रै अनुसन्धानमा सफलता पाएको बताउँदै आएको अख्तियारले सैनिक अदालतले नै आर्थिक अनियमितता गरेको भनेर सजायँ दिएका १ सय ८२ पूर्व सैनिकमध्ये कसैको पनि सम्पत्ति छानबिन गर्नै चाहेन । यो बिषयमा अख्तियारका अधिकारी बोल्न नचाहेको कान्तिपुरले पनि लखेको छ ।
News Desk 0 response आइतवार, साउन १२, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९