

अख्तियारमै विवादमा मुछिएका व्यक्ति अख्तियारकै मुद्दाको फैसला गर्ने निकाय पुगे
यसमा विभागीय कारवाही भयो । पछि दुई चोटिसम्म कारवाही सिफारिस गरिएको व्यक्तिलाई न्यायाधीश बनाइयो । उनैलाई अहिले विशेष अदालतमा ल्याइएको हो । विशेष अदालतले ललिता निवास प्रकरणसहित ठुल्ठूलो अनियमितता भएका मुद्दा हेर्छ । संस्थागत संस्मरण (इन्स्टिच्युसनल मेमोरी) नहुने कारण ०५९ सालमा अख्तियारमा बसेकै बेला विवादमा मुछिएका व्यक्ति अहिले त्यहीँबाट आउने मुद्दाको परीक्षण, विश्लेषण र फैसला गर्ने निकायमा पुग्दा कस्तो न्यायसम्पादन होला ?
-
काठमाडौं ।
विशेष अदालत भनेको विशेष प्रकृतिका मुद्दा हेर्ने र विशेषज्ञ न्यायाधीशले जिम्मेवारी सम्हाल्ने ठाउँ हो । तर, दिपालय उच्च अदालतका न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्ष तोक्दै कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारुसँगै डा.रवि शर्मा अर्याललाई त्यहाँ पारिएको छ ।
News Desk 0 response बुधबार, साउन ८, २०७६
वन मन्त्रालयमा रहँदा रविबहादुर विष्ट र रवि अर्यालको राम्रै चलखेल थियो । एकजना सचिव र अर्का कानुन अधिकृत । उनीहरू त्यहाँ रहँदा धेरै काण्ड प¥यो । चोभार जाने बाटोमा पार्किङ गरिएको गाडी हल्लिएको भनेर प्रहरीले पक्राउ ग¥यो, ०५५÷५६ सालताका । यसमा विभागीय कारवाही भयो । पछि दुई चोटिसम्म कारवाही सिफारिस गरिएको व्यक्तिलाई न्यायाधीश बनाइयो । उनैलाई अहिले विशेष अदालतमा ल्याइएको हो । विशेष अदालतले ललिता निवास प्रकरणसहित ठुल्ठूलो अनियमितता भएका मुद्दा हेर्छ । संस्थागत संस्मरण (इन्स्टिच्युसनल मेमोरी) नहुने कारण ०५९ सालमा अख्तियारमा बसेकै बेला विवादमा मुछिएका व्यक्ति अहिले त्यहीँबाट आउने मुद्दाको परीक्षण, विश्लेषण र फैसला गर्ने निकायमा पुग्दा कस्तो न्यायसम्पादन होला ? त्यसमाथि उनी हावादारी गफमा कहलिएका व्यक्ति † अख्तियारको सुपरभाइजर हो, विशेष अदालत । मुद्दा मिल्यो÷मिलेन, प्रक्रिया पुग्यो÷पुगेन भनेर हेर्ने निकाय । न्यायाधीशमध्ये विशेष इमान्दारिता र गुण भएकालाई लगिने ठाउँमा विभिन्न नाममा कारवाही भएका व्यक्ति जाँदा अदालतको गरिमा कहाँ पुग्छ † हेर्न बाँकी नै छ । यो संविधान निर्माणताका टेकप्रसाद ढुंगाना संवैधानिक समितिबाट कानुन सचिव हुँदै न्यायाधीशतिर हिँडेपछि रविलाई ल्याएर राखियो । कृष्ण सिटौलासँग त्यही बेलाको नाता लगाएर उनी न्यायालयमा छिरे । लोकमान अख्तियार प्रमुख हुँदा १३ पन्ने फारम भरेका यस्ता न्यायाधीशले त्यही अख्तियारबाट पठाइने मुद्दा हेर्ने भएपछि कहाँ पुग्छ ?न्याय भन्दै जनआस्थाले प्रश्न गरेको छ ।
अर्कातिर अदालती प्रक्रियाका अनेकन भद्रगोल छन् । तीन र पाँच जनाले टुंग्याएको मुद्दा कहाँ पुगेर के हुन्छ टुंगो छैन । प्रधानन्यायाधीशसहित बसेर सुनाइएको मुद्दा अनेक बहानामा फर्किने गरेको छ । एउटा प्रधानन्यायाधीशले आफ्नो कार्यकालभरि त्यो मुद्दा उठ्न नदिए पनि अर्को प्रधानन्यायाधीश आउनासाथ फाइल खुल्ने गरेको छ । यस्तो भद्रगोल सर्वोच्च अदालतमै देखिएको हो । सर्वोच्चले एउटा आदेश गरेर किनारा लगाइसकेको मुद्दा दोहो¥याएर, तेहे¥याएरमात्रै हैन, चौथाएर पनि खुल्ने, अचम्मका घटना भइरहेका छन् ।
उता, ललिता निवास प्रकरणबाट उम्किन अमेरिका र भारत पुगेका विजय गच्छेदार आवास तथा भौतिक योजनामन्त्रीको हैसियतले फाइल सदर गरेबापत बयान दिनका लागि काठमाडौं छिरेका छन् । विभिन्न समयमा भूमिसुधार मन्त्रालय सम्हालेका नेकपा मालेका डम्बर श्रेष्ठ र नेकपा संयुक्त हुँदै अहिले नेकपामा प्रवेश गरेका चन्द्रदेव जोशीले भने अख्तियार गएर बयान दिइसकेको अवस्था छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९