

अख्तियारमै विवादमा मुछिएका व्यक्ति अख्तियारकै मुद्दाको फैसला गर्ने निकाय पुगे
यसमा विभागीय कारवाही भयो । पछि दुई चोटिसम्म कारवाही सिफारिस गरिएको व्यक्तिलाई न्यायाधीश बनाइयो । उनैलाई अहिले विशेष अदालतमा ल्याइएको हो । विशेष अदालतले ललिता निवास प्रकरणसहित ठुल्ठूलो अनियमितता भएका मुद्दा हेर्छ । संस्थागत संस्मरण (इन्स्टिच्युसनल मेमोरी) नहुने कारण ०५९ सालमा अख्तियारमा बसेकै बेला विवादमा मुछिएका व्यक्ति अहिले त्यहीँबाट आउने मुद्दाको परीक्षण, विश्लेषण र फैसला गर्ने निकायमा पुग्दा कस्तो न्यायसम्पादन होला ?
-
काठमाडौं ।
विशेष अदालत भनेको विशेष प्रकृतिका मुद्दा हेर्ने र विशेषज्ञ न्यायाधीशले जिम्मेवारी सम्हाल्ने ठाउँ हो । तर, दिपालय उच्च अदालतका न्यायाधीश शिवराज अधिकारीलाई अध्यक्ष तोक्दै कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारुसँगै डा.रवि शर्मा अर्याललाई त्यहाँ पारिएको छ ।
News Desk 0 response बुधबार, साउन ८, २०७६
वन मन्त्रालयमा रहँदा रविबहादुर विष्ट र रवि अर्यालको राम्रै चलखेल थियो । एकजना सचिव र अर्का कानुन अधिकृत । उनीहरू त्यहाँ रहँदा धेरै काण्ड प¥यो । चोभार जाने बाटोमा पार्किङ गरिएको गाडी हल्लिएको भनेर प्रहरीले पक्राउ ग¥यो, ०५५÷५६ सालताका । यसमा विभागीय कारवाही भयो । पछि दुई चोटिसम्म कारवाही सिफारिस गरिएको व्यक्तिलाई न्यायाधीश बनाइयो । उनैलाई अहिले विशेष अदालतमा ल्याइएको हो । विशेष अदालतले ललिता निवास प्रकरणसहित ठुल्ठूलो अनियमितता भएका मुद्दा हेर्छ । संस्थागत संस्मरण (इन्स्टिच्युसनल मेमोरी) नहुने कारण ०५९ सालमा अख्तियारमा बसेकै बेला विवादमा मुछिएका व्यक्ति अहिले त्यहीँबाट आउने मुद्दाको परीक्षण, विश्लेषण र फैसला गर्ने निकायमा पुग्दा कस्तो न्यायसम्पादन होला ? त्यसमाथि उनी हावादारी गफमा कहलिएका व्यक्ति † अख्तियारको सुपरभाइजर हो, विशेष अदालत । मुद्दा मिल्यो÷मिलेन, प्रक्रिया पुग्यो÷पुगेन भनेर हेर्ने निकाय । न्यायाधीशमध्ये विशेष इमान्दारिता र गुण भएकालाई लगिने ठाउँमा विभिन्न नाममा कारवाही भएका व्यक्ति जाँदा अदालतको गरिमा कहाँ पुग्छ † हेर्न बाँकी नै छ । यो संविधान निर्माणताका टेकप्रसाद ढुंगाना संवैधानिक समितिबाट कानुन सचिव हुँदै न्यायाधीशतिर हिँडेपछि रविलाई ल्याएर राखियो । कृष्ण सिटौलासँग त्यही बेलाको नाता लगाएर उनी न्यायालयमा छिरे । लोकमान अख्तियार प्रमुख हुँदा १३ पन्ने फारम भरेका यस्ता न्यायाधीशले त्यही अख्तियारबाट पठाइने मुद्दा हेर्ने भएपछि कहाँ पुग्छ ?न्याय भन्दै जनआस्थाले प्रश्न गरेको छ ।
अर्कातिर अदालती प्रक्रियाका अनेकन भद्रगोल छन् । तीन र पाँच जनाले टुंग्याएको मुद्दा कहाँ पुगेर के हुन्छ टुंगो छैन । प्रधानन्यायाधीशसहित बसेर सुनाइएको मुद्दा अनेक बहानामा फर्किने गरेको छ । एउटा प्रधानन्यायाधीशले आफ्नो कार्यकालभरि त्यो मुद्दा उठ्न नदिए पनि अर्को प्रधानन्यायाधीश आउनासाथ फाइल खुल्ने गरेको छ । यस्तो भद्रगोल सर्वोच्च अदालतमै देखिएको हो । सर्वोच्चले एउटा आदेश गरेर किनारा लगाइसकेको मुद्दा दोहो¥याएर, तेहे¥याएरमात्रै हैन, चौथाएर पनि खुल्ने, अचम्मका घटना भइरहेका छन् ।
उता, ललिता निवास प्रकरणबाट उम्किन अमेरिका र भारत पुगेका विजय गच्छेदार आवास तथा भौतिक योजनामन्त्रीको हैसियतले फाइल सदर गरेबापत बयान दिनका लागि काठमाडौं छिरेका छन् । विभिन्न समयमा भूमिसुधार मन्त्रालय सम्हालेका नेकपा मालेका डम्बर श्रेष्ठ र नेकपा संयुक्त हुँदै अहिले नेकपामा प्रवेश गरेका चन्द्रदेव जोशीले भने अख्तियार गएर बयान दिइसकेको अवस्था छ ।

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



