

यस्ता छन्, माईला लामाको डायरीमा प्रहरीले फेला पारेका चन्दादाता
डेढ महिनादेखि खासै फोन सम्पर्कमा नरहने उनीबाट टेलिकमका चारवटा सिम पनि फेला परेको छ । राजधानीका विभिन्न भागमा बम बिष्फोटन गराउनुपूर्व विप्लवसम्बद्ध कार्यकर्ता आफैँ मारिएपछि माइलाको खोजी तीव्र पारिएको थियो । शनिबार राति प्रहरीले एम्बुस थाप्दै जाँदा पहिला बडिगार्ड कान्छाराम तामाङ (रेशम लामा) भेटिए । र, उनलाई पछ्याउँदै जाँदा माइला पनि फेला परे । उनको डायरीमा काठमाडौंका विभिन्न भागमा सञ्चालित सानातिना डेरीदेखि भाटभटेनीसहितका विभिन्न सपिङ कम्प्लेक्ससँग रेट तोकिएको चन्दाको सूची भेटिएको प्रहरीले जनाएको छ । यसबीच उठेका कतिपय रकम दोस्रो दर्जाका नेताहरूले श्रीमतीको नाममा बैंक खातामा राखेको समेत पत्ता लागेको छ ।
-
काठमाडौं । विप्लव नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामा शनिबार राति पक्राउ परे ।
आफ्नो घर रामकोट, श्रीमती सामाखुशी बस्ने भइकन पनि प्रायः सेल्टरको रुपमा प्रयोग गरिने काँडाघारीस्थित कार्यकर्ता डोलेन्द्र भट्टराईको घरबाट शनिबार राति साढे १० बजे माइला समातिए । उनको साथबाट रसिद र चन्दाका हिसाब बरामद भएको छ । डेढ महिनादेखि खासै फोन सम्पर्कमा नरहने उनीबाट टेलिकमका चारवटा सिम पनि फेला परेको छ । राजधानीका विभिन्न भागमा बम बिष्फोटन गराउनुपूर्व विप्लवसम्बद्ध कार्यकर्ता आफैँ मारिएपछि माइलाको खोजी तीव्र पारिएको थियो । शनिबार राति प्रहरीले एम्बुस थाप्दै जाँदा पहिला बडिगार्ड कान्छाराम तामाङ (रेशम लामा) भेटिए । र, उनलाई पछ्याउँदै जाँदा माइला पनि फेला परे । उनको डायरीमा काठमाडौंका विभिन्न भागमा सञ्चालित सानातिना डेरीदेखि भाटभटेनीसहितका विभिन्न सपिङ कम्प्लेक्ससँग रेट तोकिएको चन्दाको सूची भेटिएको प्रहरीले जनाएको छ । यसबीच उठेका कतिपय रकम दोस्रो दर्जाका नेताहरूले श्रीमतीको नाममा बैंक खातामा राखेको समेत पत्ता लागेको छ । उनको डायरीमा चार सयजनाको सूची छ, जोसँग चन्दाका लागि पत्राचार गरिएको, गर्ने तयारी भएको विवरण छ । त्यसमा ठूला हाइड्रोपावरदेखि साना स्कुलसम्म, कलेजदेखि अस्पताल, साना बिस्कुट उद्योगदेखि ठुल्ठूला बेकरी सपसम्मका विवरण छन् । उनीहरूले धेरैमा २० देखि थोरैमा पाँच लाखसम्मको चन्दा माग गरेका छन् ।
अर्कातिर नक्कलीको फन्दा अचम्मको छ । जनयुद्धताका बेपत्ता बनाइएका निश्चल नकर्मीका दाजुदेखि सशस्त्र प्रहरीका राशन ठेकेदार, सिमेण्ट उद्योगका मालिक, बैंकर, मिडियाकर्मीसमेत पीडित बनेको प्रमाण फेला परेको छ । हुँदाहुँदा नेकपाकै सांसद विजय सुब्बालाई सल्लाहकार राखेर, हो¨सी शिवम् सिमेण्टमा पत्रिका पेश गरी पैसा उठाइएको छ । यसक्रममा विप्लवका नातापाता र निकटस्थ भन्दै लिभिङ टुगेदरमा रहेर अनलाइन चलाउनेहरूले नबिल बैंकबाट एक किस्तामा ९० हजार, प्रभु बैंकबाट ६५ हजार उठाएको प्रमाण भेटिएको हो । प्रभु बैंकका सिइओको विप्लवका छोरासँग सम्पर्क भएका कारण उनले बुझ्ने क्रममा यो कुरा खुलेको बताइन्छ ।
सशस्त्रका राशन ठेकेदारसँग १० लाख रुपैयाँ मागिएको थियो । उनको विप्लव समूहका एक केन्द्रीय सदस्यसँग सम्पर्क हुन्थ्यो । त्यही आधारमा बुझ्दै जाँदा नक्कलीको फन्दामा परेको थाहा भयो । यसरी पैसा उठाउने क्रममा खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) काभ्रेमा समातिँदा उनलाई फलफूल र खाना खर्च भनेर ५० हजार, उनका छोरा विराटनगर विमानस्थलमा गोलीको खोकासहित समातिँदा धरौटीमा छुटाउनका लागि ५० हजार मिडिया साहुबाट उठाइएको खुलेको छ । सुकेधारा बिष्फोटको क्रममा घाइते भएकाहरूको उपचारका नाममा तीन लाख मागिएको पनि भेटिएको छ । मागिएका रकममध्ये अर्घाखाँची सिमेण्टका सिइओ र सशस्त्रका राशन ठेकेदारसँग १०–१० लाख छ । बानेश्वरको अरनिको सहकारीसँग पनि त्यसरी नै रकम मागिएको उजुरी परेको छ । हेटौंडाको युनाइटेड सिमेण्टसँग २० हजार उठाइसकिएको छ । र, उठाउने क्रम जारी छ । यो धन्दामा केही लिभिङ टुगेदरमा रहेका महिलालाई प्रयोग गर्ने गरेको पाइन्छ । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरका पूर्वपति शंकर अधिकारी पनि यसमा सक्रिय भएको उजुरी प्रहरीकहाँ छ । अहिले विप्लवका गतिविधि ठग, भगौडा र आफैँभित्रका केही मान्छेका लागि राम्रो कमाईको मेलो भएको बताइन्छ ।-जनआस्थावाट
News Desk 0 response बुधबार, साउन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



