‘क्लिनफिड’को बिपक्षमा काँग्रेस,सञ्चारमन्त्री भन्छन्,‘कुनै हालतमा फिर्ता हुन्न‘
मन्त्री बास्कोटाले विज्ञापनबाट शिक्षा र भ्रम दुवै बाँडिरहेको गुनासो गरे । ‘विज्ञापनले शिक्षा पनि दिइरहेको छ । विज्ञापनले भ्रम पनि छर्दैछ। शिक्षित पनि बनाउँछ तर हामीले कुन बाटो रोज्ने?’, उनले प्रश्न गरे, ‘सरकार दिग्भ्रमित बनाउने बाटो समात्न सक्दैन । ’ मन्त्री बास्कोटाले विदेशी च्यानलको विज्ञापन नेपाली भाषामा डबिङ गर्न पनि नदिने बताए ।
-
काठमाडौं ।
बहुराष्ट्रिय कम्पनीहरुले नेपालमै आएर विज्ञापन बनाउनुपर्ने लगायतका राष्ट्रहीतका पक्षमा भएको ‘क्लिनफिड’को प्रावधानको बिपक्षमा नेपाली काँग्रेस देखिएको छ । तर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि हालतमा क्लिनफिडको प्रावधान फिर्ता नगरिने बताएका छन् । मन्त्री भन्छन्,–‘कोकाकोलाले विज्ञापन सगरमाथाको फेदमा बनाउँदा हुन्छ । सहास देखाउने विज्ञापन सगरमाथा भन्दा अन्त राम्रो हुँदैन ।’
कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संसारभर लाइसेन्सवाला बन्दुक लिन विज्ञापन गरेको उहाहरण दिँदै व्यवसायिकरुपमा विस्फोटक पदार्थको विज्ञापन पनि भइरहेको जिकिर गरेका थिए । त्यसकारण पनि ‘क्लिनफिड’आवश्यक नरहेको नेपाली काँग्रेसको तर्क छ ।
नेपाली टेलिभिजन क्षेत्रका लागि ल्याउन लागिएको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विकास तथा प्रविधि समितिमा भएको छलफलका क्रममा मन्त्री बास्कोटाले विधेयकबाट कुनै पनि हालतमा क्लिनफिडको प्रावधान नहटने बताए ।
नेपाली कांग्रेसका सांसदहरु दिव्यमणि राजभण्डारी र सुजाता परियारसहितले क्लिनफिडको प्रावधान हटाउन विधेयकमा संशोधन प्रस्ताव हालेपछि मन्त्री बास्कोटाले यस्तो जवाफ दिएका हुन् । ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमा क्लिनफिडको व्यवस्था गर्न पनि यो विधेयक ल्याइएको हो । यस्तो व्यवस्था हटाउन संशोधन आएको छ’, उनले भने, ‘त्यो संशोधन पारित गर्ने हो भने यो विधेयक कागजको खोस्टो मात्रै हुन्छ । यो प्रस्तावमा सरकार कुनै हालतमा सहमत हुन सक्दैन ।’ क्लिनफिड देशको भावना, राष्ट्रियता र हितको कुरा भएको बताउँदै उनले त्यही कारण हटाउन नसकिने बताएका हुन् । ‘यो देशको भावनाको कुरा हो, राष्ट्रिय हितको कुरा हो त्यसैले हटाउन सकिँदेन’, उनले भने, ‘नेपालको कला, संगीत, सञ्चार र सांस्कृतिक क्षत्रले यो विधेयक छिटो आओस भनेको छ ।’ क्लिनफिडको व्यवस्था विधेयकबाट हटाऊ भन्नु विधेयकको आत्मा मारिदेऊ भन्नु भएकोले त्यसमा सहमत हुन नसकिने जवाफ उनले दिए । नेपालमा कुनै बेला विज्ञापन क्षेत्र जानकारीका लागि मात्रै थियो । अहिले बजार भइसकेको छ । नेपाली विज्ञापन बजारको औपचारिक क्षेत्रमा १२ अर्बको व्यापार भइरहेको छ अनौपचारिक क्षेत्रमा ३० अर्ब रुपैयाँमा भइरहेको छ । यो विधेयकले विज्ञापन क्षेत्रको करको दायरा बढाउँछ भने करको दायरामा पनि ल्याउने सरकारको योजना छ ।
News Desk 0 response सोमवार, साउन ६, २०७६
मन्त्री बास्कोटाले विज्ञापनबाट शिक्षा र भ्रम दुवै बाँडिरहेको गुनासो गरे । ‘विज्ञापनले शिक्षा पनि दिइरहेको छ । विज्ञापनले भ्रम पनि छर्दैछ। शिक्षित पनि बनाउँछ तर हामीले कुन बाटो रोज्ने?’, उनले प्रश्न गरे, ‘सरकार दिग्भ्रमित बनाउने बाटो समात्न सक्दैन । ’ मन्त्री बास्कोटाले विदेशी च्यानलको विज्ञापन नेपाली भाषामा डबिङ गर्न पनि नदिने बताए ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३