

यस कारण नेपाल वायु सेवा निगम डुब्दैछ
विभिन्न एयरलाइन्सको काम हेरिदिएबापत ग्राउण्ड ह्याण्डलिङको साढे तीन देखि चार अर्बसम्म आउँछ । अप्रेसन गरेर नाफा कमाउनुपर्नेमा व्यवस्थापन हेरेर बस्नुपरेको छ । भारतमा जेट एयर बन्द भएपछि त्यसको ठाउँ लिएर दिल्लीमा दिनको तीन उडानसम्म हुन्छ । तर, कमाएको खासै देखिन्न । दश घण्टा लगातार उड्नुपर्ने दुई वटा ठूला जहाज एक घण्टाको दूरीमा सीमित भएपछि संस्था कसरी उक्सियोस् ? गत वर्ष सबभन्दा बढी यात्रु ल्याउने नेवानि नै हो । सेप्टेम्बरदेखि चीनको व्यापारिक शहर ग्वाङ्झाऊमा यात्रु कार्गो उडानसम्म गर्ने भनिएको छ । अगष्ट २९ देखि जापानको उडान शुरु गर्ने सुरसार छ ।
-
काठमाडौं ।
नेपाल बायु सेवा निगमले असारको अन्तिमसम्म तिर्नुपर्ने त्रैमासिक किस्ता एक अर्ब १३ करोडका दरले बुझाउन सकेको छैन । उसले लिएको ऋणको तीन महिने किस्ताबापत सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने रकममध्ये पुसमा ४२ करोड मात्र तिरेको थियो । त्यसपछि चैत र असारका दुई वटा त्रैमासिक किस्ता नतिर्दा व्याज बढेर सावाँमा जोडिन पुगेको हो ।
यसबीच, एक अर्ब १३ करोड पुगेको हो । उसले सरकारसँग २० अर्ब माग गरेको छ । तर, पाउने सम्भावना छैन ।
जहाजको अकुपेन्सी ८१ प्रतिशत छ । अर्थात्, यात्रुको संख्या सन्तोषजनक र खर्च धान्ने अवस्था छ । तर, त्यो पैसा कहाँ जान्छ ? विभिन्न देशका स्टेशन र एजेन्टबाट तान्नुपर्ने पैसा तानिएको छैन । लोकल भेन्डर र ट्राभल एजेन्सीको पैसा पनि असुलेको देखिँदैन । नेपाल आयल निगमलाई बल्लबल्ल तेलको ६ करोड निकासा भयो । क्याटरिङ र नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रोयल्टी पनि बढ्दै छ ।विभिन्न एयरलाइन्सको काम हेरिदिएबापत ग्राउण्ड ह्याण्डलिङको साढे तीन देखि चार अर्बसम्म आउँछ । अप्रेसन गरेर नाफा कमाउनुपर्नेमा व्यवस्थापन हेरेर बस्नुपरेको छ । भारतमा जेट एयर बन्द भएपछि त्यसको ठाउँ लिएर दिल्लीमा दिनको तीन उडानसम्म हुन्छ । तर, कमाएको खासै देखिन्न । दश घण्टा लगातार उड्नुपर्ने दुई वटा ठूला जहाज एक घण्टाको दूरीमा सीमित भएपछि संस्था कसरी उक्सियोस् ? गत वर्ष सबभन्दा बढी यात्रु ल्याउने नेवानि नै हो । सेप्टेम्बरदेखि चीनको व्यापारिक शहर ग्वाङ्झाऊमा यात्रु कार्गो उडानसम्म गर्ने भनिएको छ । अगष्ट २९ देखि जापानको उडान शुरु गर्ने सुरसार छ ।
नेवानिसँग ५० अर्बभन्दा बढी सम्पत्ति छ । सरकारको लगानीचाहिँ ३८ करोड मात्रै हो । उसले ५६ लाखको दरले नागरिक उड्यन प्राधिकरणलाई पुरानो किस्ता तिर्नु छ, ३३ करोड । ४० किस्ता तिरिसकेको छ । पहिला टाट पल्टँदा सरकारले श्रीलंकन एयरलाई पैसा दिएर उकास्यो । पछि इत्तेहादलाई पार्टनरसीपमा जोडियो ।
अहिले वायुसेवा निगमको व्यवस्थापनमा जर्मनलाई जोड्न खोजिएको छ । तर, नाफा नभई व्यवस्थापनमात्रै हेर्न को आइदियोस् चिनियाँ जहाज ल्याएर थुपारिएको छ । जहाज उड्दैन, पार्टपुर्जाको बिल पेश ग¥यो, पैसा सिध्यायो यस्तो चाला छ, राष्ट्रिय ध्वजावाहकको ।
News Desk 0 response बिहिबार, साउन २, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



