

-
काठमाडौं ।
नेतासँग जोडिएको प्रहरी दसी प्रमाणसहित समातिएर कानुनतः हिरासतमा राखिएको छ । तर, भित्रैबाट विभिन्न नेतालाई फोन जान्छ, ‘प्रभू, मलाई बचाइदेऊ ।’
News Desk 0 response बिहिबार, साउन २, २०७६
पहिला हिसिला यमीको अंगरक्षक रहिसकेका र अहिले राष्ट्रियसभामा सत्तापक्षीय दलका नेता दिनानाथ शर्माको बडीगार्ड भएका व्यक्ति कस्तुरीको बीना प्रकरणमा सुकेधारास्थित डाँफे रेष्टुरेण्टबाट गत हप्ता समातिएका छन् । दैलेख घर भएका ३५ वर्षीय हवल्दार बमबहादुर चन्दसँगै अरु ६ जना मुछिएको केस हो यो । उनले प्रहरीको विधि विज्ञान प्रयोगशाला वा रोनाष्टको ल्याबबाट बीनाको परीक्षण गराई नक्कली जनाएर आफूलाई निर्दोष बनाउनुपर्ने माग राखेका छन् ।
प्रयोगशालाबाट बरामद भएको दसी प्रमाण सही नठहरिए वन कार्यालयले मुद्दा अगाडि बढाउँदैन । आइतबार दिउँसो ती हवल्दारको फोन रिसिभ गर्ने नेताहरुले उनलाई हिसिलासँग पनि जोडिएका कारण सुझाव दिएका छन्, ‘कयोदेवी यमीलाई भन्नू ।’ उनी हिसिलाकी दिदी र रोनाष्टकी बैज्ञानिक हुन् । लोकसेवाको अध्यक्ष भएर चार–पाँच वर्ष बसेकी थिइन् । हवल्दारले चाहिँ दिनभरि बानेश्वरमा ड्युटी बसेको र पक्राउ परेका एकजना व्यक्तिले आफ्नो नाम पोलेको अनि गिरफ्तारमध्ये एकजनाले बयान फेर्ने बताएका छन् । वन मुद्दामा बरामद सामग्रीलाई कसैले नक्कली प्रमाणित गरिदिए मुद्दा नचल्ने प्रावधान सुनाउँदै कसैले सहयोग गरे पैसासमेत खर्च गर्ने उनको आश्वासन भएको जनआस्थामा समाचार छ ।
उता, अपराधी खोज्न हिँड्नुपर्ने अपराध महाशाखाका हवल्दारले नयाँबसपार्कमा मदिरा सेवनपछि शुक्रबार कुटाई खाएका छन् । बिहीबार राति एक होटलमा छिरेर रक्सी तन्काई साहुजीसँग निहुँ खोजेपछि सधैं सित्तैमा खाने, निहुँ पनि खोज्ने भन्दै कामदारले मिलेर उनलाई आँखामा निलडाम बस्नेगरी पिटेका हुन् ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



