

-
काठमाडौं ।
नेतासँग जोडिएको प्रहरी दसी प्रमाणसहित समातिएर कानुनतः हिरासतमा राखिएको छ । तर, भित्रैबाट विभिन्न नेतालाई फोन जान्छ, ‘प्रभू, मलाई बचाइदेऊ ।’
News Desk 0 response बिहिबार, साउन २, २०७६
पहिला हिसिला यमीको अंगरक्षक रहिसकेका र अहिले राष्ट्रियसभामा सत्तापक्षीय दलका नेता दिनानाथ शर्माको बडीगार्ड भएका व्यक्ति कस्तुरीको बीना प्रकरणमा सुकेधारास्थित डाँफे रेष्टुरेण्टबाट गत हप्ता समातिएका छन् । दैलेख घर भएका ३५ वर्षीय हवल्दार बमबहादुर चन्दसँगै अरु ६ जना मुछिएको केस हो यो । उनले प्रहरीको विधि विज्ञान प्रयोगशाला वा रोनाष्टको ल्याबबाट बीनाको परीक्षण गराई नक्कली जनाएर आफूलाई निर्दोष बनाउनुपर्ने माग राखेका छन् ।
प्रयोगशालाबाट बरामद भएको दसी प्रमाण सही नठहरिए वन कार्यालयले मुद्दा अगाडि बढाउँदैन । आइतबार दिउँसो ती हवल्दारको फोन रिसिभ गर्ने नेताहरुले उनलाई हिसिलासँग पनि जोडिएका कारण सुझाव दिएका छन्, ‘कयोदेवी यमीलाई भन्नू ।’ उनी हिसिलाकी दिदी र रोनाष्टकी बैज्ञानिक हुन् । लोकसेवाको अध्यक्ष भएर चार–पाँच वर्ष बसेकी थिइन् । हवल्दारले चाहिँ दिनभरि बानेश्वरमा ड्युटी बसेको र पक्राउ परेका एकजना व्यक्तिले आफ्नो नाम पोलेको अनि गिरफ्तारमध्ये एकजनाले बयान फेर्ने बताएका छन् । वन मुद्दामा बरामद सामग्रीलाई कसैले नक्कली प्रमाणित गरिदिए मुद्दा नचल्ने प्रावधान सुनाउँदै कसैले सहयोग गरे पैसासमेत खर्च गर्ने उनको आश्वासन भएको जनआस्थामा समाचार छ ।
उता, अपराधी खोज्न हिँड्नुपर्ने अपराध महाशाखाका हवल्दारले नयाँबसपार्कमा मदिरा सेवनपछि शुक्रबार कुटाई खाएका छन् । बिहीबार राति एक होटलमा छिरेर रक्सी तन्काई साहुजीसँग निहुँ खोजेपछि सधैं सित्तैमा खाने, निहुँ पनि खोज्ने भन्दै कामदारले मिलेर उनलाई आँखामा निलडाम बस्नेगरी पिटेका हुन् ।


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९