मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कँडेल खानेपानी उद्योगको मालिक
उपत्यकामा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको पानी व्यापार हुने गर्छ। विगतमा लोडसेडिङ हट्न नदिन इन्भर्टर व्यापारी जसरी लागेका थिए त्यसरी नै उपत्यकामा मेलम्चीको पानी ल्याउन नदिन पानी व्यापारी लागिपरेको प्रमाण भेटिएको छ। खानेपानी व्यापारमा संलग्न व्यापारी मात्र होइन, सरकारी अधिकारी पनि संलग्न पाइएको छ। आयोजनाका कार्यकारी निर्देशक कँडेल आफैं बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन्।
-
काठमाडौं ।
सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५। तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रूपमा ठेकेदारलाई भगाए। आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो।
ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन। अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन। मेलम्चीको पानी उपत्यकामा नआए पनि ट्यांकर र जारबाट पानी आपूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले आफू भौतिक योजनामन्त्री हुँदा मेलम्चीका सन्दर्भमा एक कार्यक्रममा भनेका थिए, ‘यो मेलम्ची छिटो उपत्यकामा आयो भने मिनरल वाटर (पानी व्यापारी)वाला आगो हुन्छन् होला।’
उपत्यकामा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको पानी व्यापार हुने गर्छ। विगतमा लोडसेडिङ हट्न नदिन इन्भर्टर व्यापारी जसरी लागेका थिए त्यसरी नै उपत्यकामा मेलम्चीको पानी ल्याउन नदिन पानी व्यापारी लागिपरेको प्रमाण भेटिएको छ। खानेपानी व्यापारमा संलग्न व्यापारी मात्र होइन, सरकारी अधिकारी पनि संलग्न पाइएको छ। आयोजनाका कार्यकारी निर्देशक कँडेल आफैं बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन्।
कँडेलले पत्नी अञ्जु खड्काका नममा क्रिस्टल आक्वा सर्भिसेस प्रालिको व्यवसाय गर्दै आएका छन्। उनको कम्पनीमा अन्य सञ्चालकमा सम्झना बाँस्कोटा, इन्दिरा चौलागाईं र साधना तिवारी बराबर हिस्सेदार छन्। कम्पनी रजिस्ट्रार कार्यालयमा २०६६ माघ १० गते दर्ता भएको कम्पनीको दर्ता नम्बर ६९८१२–५ छ।
अचम्म त के छ भने खानेपानी व्यापारमा संलग्न व्यक्ति कसरी आयोजनामा कार्यकारी प्रमुख भए ? कँडेल गत वर्षको असार ३ देखि आयोजना प्रमुखका रूपमा कार्यरत छन्। उनी उपत्यकाभर खानेपानी आपूर्ति गर्ने सरकारी निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अध्यक्षसमेत भए। उनी केयूकेएलका सञ्चालक समिति सदस्य छन्। पुनः अध्यक्ष बन्न दौडधुप गरिरहेका छन्। केयूकेएलको नियमावलीअनुसार व्यापार÷व्यवसाय गरेको, केयूकेएलसँग व्यापारिक स्वार्थ भएको व्यक्ति यसको सञ्चालक समिति सदस्यका लागि अयोग्य मानिन्छ। कानुनतः अयोग्य हुँदाहुँदै कँडेल पदाधिकारीमा मनोनीत हुन सफल भए।
कँडेलले पत्नीका नाममा व्यवसाय सञ्चालन गरे पनि विभिन्न सरकारी निकायमा पानी आपूर्ति गर्ने जाँचोपाँजो भने आफैंले मिलाएका छन्। उनी आफैं हाकिम भएको मेलम्ची खानेपानी आयोजनामा उनकै कम्पनीले जार र ट्यांकरको पानी आपूर्ति गर्ने गरेको अन्नपूर्णले फेला परेको छ। उनको कम्पनीको पानी अन्य कम्पनीको तुलनामा प्रतिजार २० रुपैयाँ महँगो छ।
क्रिस्टल आक्वाले मेलम्ची खानेपानीबाहेक, खानेपानी विभाग, पशुपति क्षेत्र विकास कोष, श्रम विभाग र मेलम्ची उपयोजना मा पनि पानी आपूर्ति गर्दै आएको छ।
आयोजना प्रमुख कँडेलले व्यक्तिगत रूपमा व्यवसाय गर्न आफ्नो परिवार स्वतन्त्र रहेको बताए। परिवारले व्यवसाय गरे पनि मेलम्ची आयोजना प्रमुखका हैसियतमा आफूले कतै प्रभावित नपारेको पनि उनले उल्लेख गरे। ‘यो पानी व्यवसाय स्वार्थको टकराव ममा लागू हुँदैन’, उनले भने, ‘घरका सदस्य जुन व्यवसायमा संलग्न भए पनि मचाहिँ कहीं कतै आबद्ध छैन। म रातदिन यही मेलम्चीमा लागिपरेको छु।’
उपत्यकामा जारमार्फत दैनिक २० लाख लिटर र बोतलबाट साढे २ लाख लिटर पानी आपूर्ति हुने गर्छ। केयूकेएलका अनुसार उपत्यकामा खानेपानीको दैनिक माग साढे ४१ करोड लिटर छ। आपूर्ति भने १० करोड ७२ लाख लिटर मात्र छ। उपत्यकामा ट्यांकरबाट मात्रै दैनिक ५ करोड लिटर पानी बिक्री हुने गर्छ।
News Desk 0 response सोमवार, असार ३०, २०७६
अन्नपूर्णपोष्टबाट

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३