

मालपोत अभिलेखमा सार्वजनिक तर जग्गा ब्यक्तिको नाममा
महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा मालपोतका कर्मचारीको बदमासी फेला पारेको थियो । तर, यस बारे कुनै कार्वाही अघि बढेको छैन । भूमि व्यवस्था विभाग र मन्त्रालयका अधिकारी चुपचाप छन् ।
-
काठमाडौं ।
मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा सरकारी वा सार्वजनिक भनेर उल्लेख भएको जग्गानै बैंक, फाइनान्स तथा व्यक्तिको नाममा भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा मालपोतका कर्मचारीको बदमासी फेला पारेको थियो । तर, यस बारे कुनै कार्वाही अघि बढेको छैन । भूमि व्यवस्था विभाग र मन्त्रालयका अधिकारी चुपचाप छन् । अभिलेखमा सार्वजनिक भनेर उल्लेख जग्गा व्यक्ति र संस्थाको नाममा किन राखियो भनेर सोधेको प्रश्नमा जिम्मेवार निकायका कुनै अधिकारीले जवाफ दिन मानेका छैनन् । सार्वजनिक जग्गामध्ये डेढ सय रोपनी जग्गा बैंक, फाइनान्स तथा व्यक्तिको नाममा राखेको भेटिएको छ । मालपोतले २०६४ सालमा संकलन गरेको विवरणमा रोड शो रियलस्टेटको नाममा २२ रोपनी, एसओएस बालग्राम र रसियन फेडेरेसनको नाममा १३÷१३ रोपनी, नमस्ते कार्पेट र सुइटी होटलको नाममा ६ ÷ ६ रोपनी सार्वजनिक जग्गा भएको उल्लेख छ । यस्तै स्याकार कम्पनीको नाममा ५ रोपनी, माइती नेपाल र मारवाडी सेवा समाजको नाममा देखाइएको २ ÷ २ रोपनी जग्गा पनि सार्वजनिक हो । मालपोतमा सार्वजनिक जग्गामा अभिलिखित १८ रोपनी जग्गा नारायण देवी नामक व्यक्तिको बनाइएको पाइएको छ । अभिलेखमा सरकारी वा सार्वजनिक भए पनि काठमाडौंका विभिन्न स्थानको मूल्यवान डेढ सय रोपनी जग्गामा ४ दर्जन कम्पनी, संस्था र व्यक्तिको नाममा कायम गर्ने मालपोतका कर्मचारीको नियतमाथि नै प्रश्न उठाएको छ ।
सरकारले सार्वजनिक जग्गा अतिक्रमणका विषयमा छानबिन गर्न गठन गरेको आयोगले मालपोत कर्मचारीको यो बदमासीलाई छानबिनको दायरामा ल्याउन छ या ल्याउँदैन प्रतिक्षाको बिषय छ ।
News Desk 0 response मङ्लबार, असार २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



