

-
काठमाडौं ।
सरकारले ल्याएको क्लीन फिड नीति, समानुपातिक बिज्ञापन नीतिलाई छोडेर दलीय एजेन्डामा रुमलिँदै सडक आन्दोलनमा लागेको नेपाल पत्रकार महासंघ पछि हटेको छ । सरकारको बिधेयककै कारण मिडिया सञ्चालकहरुको संगठनमा फुटनै आयो । विवादमा मिडिया मालिकहरुको संगठन मिडिया सोसाइटी विभाजन नै भएको थियो । बिधेयकको बिरोधमा जान नहुने भन्दै भास्करराज कर्णिकारको नेतृत्वमा मिडिया काउन्सिल अफ नेपाल गठन भयो ।
यसको प्रभाव पत्रकार महासंघमा पर्ने संकेत देखिएको थियो । महासंघले आह्वान गरेको आन्दोलनमा पत्रकारहरुको सभागीतानै कम हुन थालेपछि उसले नेकपाका संसदीय दलका उपनेतालाई गुहारेको थियो । सञ्चारमन्त्रालय तथा प्रधानमन्त्रीलेनै बिधेयक तयार भएको तर, छलफल बाँकी रहेको सार्वजनिक अभिब्यक्ति दिईरहेका बेला महासंघले दिउँसै लालटिन बाल्नेसम्मको आन्दोलनको घोषणा गरेको थियो । तर, नेपालमा दिउँसै लालटिन बाल्नु पर्नेसम्मको प्रेसस्वतन्त्रता हनन नभएको प्रतिकृया दिदै कृयाशिल पत्रकारहरुलेनै महासंघको आन्दोलनमा साथ नदिएपछि सेफल्याण्डिङका लागि महासंघ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ समक्ष पुगेको थियो । नेम्वाङकै सल्लाहमा आन्दोनको कार्यक्रम स्थगित गरेर जाने निर्णयमा महासंघ पुगेको होे ।
औपचारिक रुपमा आन्दोलन स्थगित गर्ने निर्णय महासंघको उपलब्ध केन्द्रीय सदस्यसहित बसेको पदाधिकारीको वैठकले गरेको छ ।
यसका लागि सभापति गोविन्द आचार्य, उपसभापति विपुल पोखरेल, महासचिव रमेश बिस्ट, जनजाति सचिव उदय जीएम र केन्द्रीय सदस्य यम बिरहीको टोली वैठकले खटाएको छ ।
सरकारले ल्याएको क्लिन फिड, समानुपातिक विज्ञापन, श्रमजीवी पत्रकार ऐनजस्ता महत्वपूर्ण विषयमा मौन रहेर महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही बुँदाका बारेमा मात्र कुरा उठाएर आन्दोलन गरेकाले आन्दोलन फितलो भएको थियो । यसले पत्रकारहरुमा नै मत विभाजन बनेको थियो ।
News Desk 0 response आइतवार, असार २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



