
-
काठमाडौं ।
सरकारले ल्याएको क्लीन फिड नीति, समानुपातिक बिज्ञापन नीतिलाई छोडेर दलीय एजेन्डामा रुमलिँदै सडक आन्दोलनमा लागेको नेपाल पत्रकार महासंघ पछि हटेको छ । सरकारको बिधेयककै कारण मिडिया सञ्चालकहरुको संगठनमा फुटनै आयो । विवादमा मिडिया मालिकहरुको संगठन मिडिया सोसाइटी विभाजन नै भएको थियो । बिधेयकको बिरोधमा जान नहुने भन्दै भास्करराज कर्णिकारको नेतृत्वमा मिडिया काउन्सिल अफ नेपाल गठन भयो ।
यसको प्रभाव पत्रकार महासंघमा पर्ने संकेत देखिएको थियो । महासंघले आह्वान गरेको आन्दोलनमा पत्रकारहरुको सभागीतानै कम हुन थालेपछि उसले नेकपाका संसदीय दलका उपनेतालाई गुहारेको थियो । सञ्चारमन्त्रालय तथा प्रधानमन्त्रीलेनै बिधेयक तयार भएको तर, छलफल बाँकी रहेको सार्वजनिक अभिब्यक्ति दिईरहेका बेला महासंघले दिउँसै लालटिन बाल्नेसम्मको आन्दोलनको घोषणा गरेको थियो । तर, नेपालमा दिउँसै लालटिन बाल्नु पर्नेसम्मको प्रेसस्वतन्त्रता हनन नभएको प्रतिकृया दिदै कृयाशिल पत्रकारहरुलेनै महासंघको आन्दोलनमा साथ नदिएपछि सेफल्याण्डिङका लागि महासंघ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ समक्ष पुगेको थियो । नेम्वाङकै सल्लाहमा आन्दोनको कार्यक्रम स्थगित गरेर जाने निर्णयमा महासंघ पुगेको होे ।
औपचारिक रुपमा आन्दोलन स्थगित गर्ने निर्णय महासंघको उपलब्ध केन्द्रीय सदस्यसहित बसेको पदाधिकारीको वैठकले गरेको छ ।
यसका लागि सभापति गोविन्द आचार्य, उपसभापति विपुल पोखरेल, महासचिव रमेश बिस्ट, जनजाति सचिव उदय जीएम र केन्द्रीय सदस्य यम बिरहीको टोली वैठकले खटाएको छ ।
सरकारले ल्याएको क्लिन फिड, समानुपातिक विज्ञापन, श्रमजीवी पत्रकार ऐनजस्ता महत्वपूर्ण विषयमा मौन रहेर महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही बुँदाका बारेमा मात्र कुरा उठाएर आन्दोलन गरेकाले आन्दोलन फितलो भएको थियो । यसले पत्रकारहरुमा नै मत विभाजन बनेको थियो ।
News Desk 0 response आइतवार, असार २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९