प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलासा, ‘सुपारी’ मै १२ लाख खर्च
चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो ।
-
भक्तपुर ।

प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए ।
“आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।रासस
News Desk 0 response सोमवार, असार १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३