

-
काठमाडौं ।
साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.२७ बिन्दुले घटेर एक हजार २४४.८९ बिन्दुमा झरेको छ। प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९२ बिन्दुले घटेर २६९.२४ अङ्कमा पुगेको छ। नेप्से घटेपनि कारोवार रकममा भने सामान्य सुधार देखिएको छ। कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरिद बिक्री भए। कारोवार भएका कूल ११ उपसमूहकै शेयर ओरालो लागेको छ। विशेष गरी निर्जीवन बीमा उपसमूहको शेयर आज सबैभन्दा बढी बिन्दुले घटेको हो । सो उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ११.८५, होटल ५,२६, विकास बैंक १२.६९, जलविद्युत् १३.१३, वित्त २.९, उत्पादन ३६।३८, अन्य ३.३९, लघुवित्त १५.३९, जीवन बीमा ५८.२९ र सामूहिक लगानी कोष ०.३ प्रतिशतले घटेको छ। स्टकका अनुसार ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर १० करोड ३८ लाख, नेपाल बैंक ६ करोड ३९ लाख पाँच हजार ९४४, शिवम सिमेन्ट पाँच करोड ८० लाख ७१ हजार ४५५, प्रभु बैंक रु तीन करोड ४१ लाख १३ हजार ५२०, एनसिसि बैंक तीन करोड २५ लाख ७५ हजार ५९४, सिदार्थ बैंक दुई करोड ६६ लाख ७४ हजार ७०८ र हिमालयन डिस्टिलरीको शेयर दुई करोड ६० लाख चार हजार ७३० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे। स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।७१ प्रतिशतले कमाए। मल्टिपर्पोज फाइनान्स कम्पनी५.०४, अरुण काबेली पावर ३.२८, सिभिल लघुवित्त वित्तीय संस्था २.१९ र यूनिलिभर नेपालका शेयरधनीले २ प्रतिशतले कमाए। त्यस्तै रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीले ६.९५ गुमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ५.९२, शिवम् सिमेन्ट ४.३४, सिन्धु विकास बैंक ४.२५, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.१९ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए।
News Desk 0 response आइतवार, असार १५, २०७६
-रासस

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



