

समिति नै गठन गरेर खोजेको फाईल अख्तियार सचिवले भेटेनन्
विशेषबाट सुरुमा सफाइ पाउँदा, विशेषको पहिलो फैसला त्रुटिपूर्णभन्दै फेरि तथ्य केलाएर हेर्न सर्वोच्चले फैसला गर्दा र विशेषले पछि भष्टाचारी ठहर गर्दासम्म नखोजिएको फाइल एकएक सर्वोच्चमा खोजिनु र उता फाइल हराउनु संयोग मात्रै मान्न सकिने अवस्था छैन ।
-
काठमाडौं ।
कार्वाहीको चेतावनीसहित सर्वोच्च अदालतले दिएको आदेशपछि अख्तियार सचिव महेश्वर न्यौपानेले समिति नै गठन गरेर भ्रष्टाचार मुद्धाको फाईल खोजेका थिए । तर, सो फाईल नभेटिएको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन् ।
News Desk 0 response बिहिबार, असार १२, २०७६
पद र शक्तिको दुरूपयोग गरी भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री गोविन्दराज जोशी विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् र त्यसविरूद्ध उनैले गरेको पुनरावेदन सर्वोच्चमा ६ वर्षदेखि विचाराधीन छ। विशेषबाट सुरुमा सफाइ पाउँदा, विशेषको पहिलो फैसला त्रुटिपूर्णभन्दै फेरि तथ्य केलाएर हेर्न सर्वोच्चले फैसला गर्दा र विशेषले पछि भष्टाचारी ठहर गर्दासम्म नखोजिएको फाइल एकएक सर्वोच्चमा खोजिनु र उता फाइल हराउनु संयोग मात्रै मान्न सकिने अवस्था छैन ।
सर्वोच्चले त्यो फाइल दिन २०७१ मै आदेश गरे पनि अख्तियारले त्यतिखेर नदिनु र अहिले खोज्दा पनि नभेटिनु रहस्यपूर्ण भएको जानकारहरु बताउँछन् ।
विशेष अदालतले भष्टाचारी ठहर गरेपछि सर्वोच्च पुगेका जोशीको मु्द्दा ४० पटकभन्दा बढी स्थगित भइसकेको छ भने अख्तियारबाट फाइल कसरी गायब भयो भनेर खोजबिन गरी दोषीलाई कारबाही गर्नतिर कसैले ध्यान दिएको छैन ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



