• काठमाडौ ।

    मर्जर गर्ने प्रतिवद्धता पेश गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैकले निर्देशन दिएको छ ।

    बैंकका अध्यक्ष र सीईओहरुलाई गभर्नर चिरिञ्जीवी नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिए ।

    राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न भन्दै २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएको थियो ।

    उनले २७ गते मौद्रिक नीति आउने भन्दै त्यो भन्दा अघि नै मर्जरका लागि प्रतिवद्धता पेश गर्न भनेका छन् ।