

सेनाले २७ सडक, ३० पुल निर्माण गरेको रक्षामन्त्रीको जवाफ
हालसम्म नेपाली सेनाले २७ वटा सडक र ३० वटा पुल निर्माण गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी गराएका छन् । हाल नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग, कर्णाली करिडोर, जाजरकोट –डोल्पा सडक, कालीगण्डकी करिडोर र बेनिघाट आरुघाट लार्के भञ्ज्याङ सडक निर्माण गरिरहेको छ ।
-
काठमाडौं ।
हालसम्म नेपाली सेनाले २७ वटा सडक र ३० वटा पुल निर्माण गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी गराएका छन् । हाल नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग, कर्णाली करिडोर, जाजरकोट –डोल्पा सडक, कालीगण्डकी करिडोर र बेनिघाट आरुघाट लार्के भञ्ज्याङ सडक निर्माण गरिरहेको छ ।रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई संविधानअनुसार नै विकास निर्माणको काममा लगाएको सांसदहरुलाई जवाफ दिए ।
रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले संविधानले नै सेनालाई कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापनमा लगाउन सकिने उल्लेख भएको बताए ।
सेनालाई विकास निर्माणको काममा लगाउँदा पेशागत दक्षतामा असर नपर्ने पनि उनले बताए । पेशागत दक्षतामा नकारात्मक प्रभाव नपर्ने गरी नेपाली सेनालाई कहाँ कस्ता कति विकास निर्माणमा लगाउने भन्ने कुरा सो सम्बन्धी ऐन वन कार्यविधि बनाई व्यवस्थित बनाइएको उनले बताए ।
सेनाको कामले राष्ट्र विकासका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्नमा मद्धत पुगेको पोखरेलको तर्क छ ।
News Desk 0 response मङ्लबार, असार १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



