कर्मचारी नहुँदा मालपोतमा दुई महिनादेखि रजिस्ट्रेशन ठप्प
घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ। १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन्। घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन्।
-
लुम्बिनी ।
रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महिनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन।
घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ। १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन्। घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन्।
नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाएकी छैनन्। यसअघिका कार्यालय प्रमुखका रुपमा आएका राजराजेश्वर त्रिवेदी तीन दिन हाजिर भएर गएपछि सम्पर्कमा आएका छैनन्। नासु घिमिरे र खरिदार दाहालले छ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहेका छन्।
कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताइन्। उनले भनिन्, “विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनुसभन्दा पनि सुनुवाइ भएन। मान्छेहरु आउँछन्। किन यो काम हुँदैन गर्नैपर्छ भन्छन्, दबाब दिन्छन्। हामीले जसोतसो गरिरहेका छौँ। रजिस्ट्रेशनको काम तीन जना नभई गर्न मिल्दैन त्यसैले गरेका छैनौँ।” रासस
News Desk 0 response आइतवार, असार ८, २०७६

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३

रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३