

मुख्यसचिवदेखि प्रधानमन्त्री कार्यालयका सचिवसम्म ठेकेदारका पक्षमा
२३ दिनभित्रै यसरी नियमावली संशोधनमा मुख्यसचिव लोकदर्शन रेग्मी, घनश्याम भट्टराई र प्रधानमन्त्री कार्यालयको पूर्वाधार हेर्ने सचिव प्रभावमा परेको स्रोतको आरोप छ । यो नियमावली आएसँगै सिन्डिकेटधारी ६ ठेकेदारले एउटै ठेक्कामा च्याँँखे थापेकै भरमा २० करोडसम्म असुल्न सक्नेछन् ।
-
काठमाडौं । ठेकेदार (निर्माण व्यवसायी) को ठेक्का लिएर होल्ड गर्ने प्रवृत्ति सुधार्न भन्दै १ जेठमा सरकारले सार्वजनिक खरिद नियमावलीको छैटौं संशोधन ग¥यो । यो नियमावली हुबहु कार्यान्वयनमा आउँदा झण्डै २ हजार ठेक्का रद्द हुन्थे । ठेक्का मुठीमा राख्ने तर काम नगर्ने ‘क’ श्रेणीका मात्र सयौं ठेकेदार कालोसूचीमा पर्दै थिए । बदमास ठेकेदारहरूको ढाड सेक्ने गरी उक्त नियमावली बनेसँगै भातभान्सा नै डुब्ने भयले छट्पटाएका, ओंठतालु सुकेका ठेकेदारहरूले चलखेल यति तीव्र पारे कि महिना दिन नपुग्दै पासा पल्टियो । उनीहरूले यसबीच मन्त्री, नेता, ब्युरोक्य्राट भेट्न बाँकी कोही राखेनन् । दबाब र प्रभाव यसरी बढ्दै गयो कि तिनका अगाडि दुईतिहाइ सरकारको जोर चलेन । नियमावली संशोधन भइछाड्यो । ठेकेदारले नियमावलीको सातौं संशोधन गरी आफू अनुकूलको बुँदा घुसाउन सफल भए ।
कालिकाका विक्रम पाण्डे, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा, रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य, स्वच्छन्द निर्माण सेवाका जयराम लामिछाने, तुदी कन्स्ट्रक्सनका ऋृषिप्रसाद सुवेदी र बहादुर सिंह लामालगायतले रमेश शर्मालाई अगाडि लगाएर नियमावली संशोधन गराएका हुन् । २३ दिनभित्रै यसरी नियमावली संशोधनमा मुख्यसचिव लोकदर्शन रेग्मी, घनश्याम भट्टराई र प्रधानमन्त्री कार्यालयको पूर्वाधार हेर्ने सचिव प्रभावमा परेको स्रोतको आरोप छ । यो नियमावली आएसँगै सिन्डिकेटधारी ६ ठेकेदारले एउटै ठेक्कामा च्याँँखे थापेकै भरमा २० करोडसम्म असुल्न सक्नेछन् । यिनले चाहेको खण्डमा नेपालका केही बैंक र अर्थतन्त्र नै टाट पल्टिन सक्छ । यिनको प्रभाव र दबाब कस्तोसम्म हुन्छ भन्ने जान्न केही समय सार्वजनिक खरिद अनुगमन कार्यालयमा बसेर रातारात लखेटिएका सचिव विनोद केसीलाई हेरे पुग्ने जनआस्थामा समाचार छ ।
News Desk 0 response बुधबार, असार ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



