• प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने काम थालिएको बताएका छन्। कलंकीमा नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई सरकारले प्राथमिकता दिएको बताएका हुन्। प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका हुन्। ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘अबको दुई वर्ष भित्र देशका सबै मालपोत कार्यलयका ढड्डाहरू, पुराना लिखतहरू डिजिटलाइज्ड भइसक्नेछन्।’