

-
सिन्धुपाल्चोक ।
चीनको सिमानमा रहेको भोटेकोशी गाउँपालिकाले प्रबिधिमैत्री शिक्षा अन्तर्गत भिन्नाभिन्नै माध्यामिक बिद्यालयलाई कृषि, जडिबुटी,पर्यटन र ब्यापार अध्ययनको योजना अघि सारेको छ । त्यसका लागि भौतिक पूर्वाधारको योजनासमेत अघि सारेको छ । गाउँपालिकाको शैक्षिक योजनाको घोषणा गर्दै यहाँका बालबालिका लाई प्रबिधीमैत्री वनाउने योजना वनाइएको छ ।
एक बालक एक गमला, एक बयष्क वालक दुई आना जमिन एक किशोर एक रोपानी जमिनको अवधारणसहित कक्षा १२ उतीर्ण हुने बेलासम्म जमिनमा आपैm उत्पादन गर्न सक्ने शिक्षा प्रणाली तयार गर्न लागिएको हो ।
यसले बिद्यार्थीलाई माटोसँग सामिप्यता बढाउने कारण पनि यस प्रकारको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । साथै दुर्गम भेगमा पर्ने यहाँका बिद्यालयमा पनि प्रविधिमैत्री तुल्याउनका लागि एक बर्षभित्र सवै शिक्षकले ल्यापटप प्रयोग गरेर मात्र अध्यापन गराउने ब्यवस्था मिलाउने योजना रहेको छ । साथै बिद्यालयमा अबिभावक,बिद्यार्थी र शिक्षकबीच समन्वयका लागि प्रत्येक बिद्यालयमा बिशेष समन्वयको ब्यवस्था मिलाउने योजना रहेको छ । यहाँका लागि स्थानीय प्रकृतिक स्रोत साधनको प्रयोग हुने र स्थानीय पाठ्क्रमको अध्ययनका लागि पाठ्यक्रम समितिनै निर्माण गर्ने पौडेलले बताए ।

साथै, गाउँपालिकाभित्रका बिभिन्न बस्तुको खोज अनुसन्धानका लागि बिद्यार्थीलाई प्रोत्साहन पुरस्कारका ब्यवस्था पनि गाउँपालिकाले गर्न लागेको छ । योग्यता भएर पनि तल्लोतहमा जागीर गरेका शिक्षकहरुका लागि प्रोत्साहन भत्ताको ब्यवस्था गरिने योजान रहेको छ । ब्यापार पर्यटन तथा जडिबुटीसहितको नमुना शैक्षिक अध्ययन केन्द्र वनाई न्यायसहितको आत्मनिर्भर वेरोजगार मुक्त गाउँपालिका वनाईने योजना घोषणापत्रका सार्वजनिक गरिएको छ ।

News Desk 0 response मङ्लबार, असार ३, २०७६
दुई दिनसम्म गाउँपालिकास्तरीय शैक्षिक सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनको प्रदेश तीनका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । मन्त्री नेपालले यो क्षेत्र ब्यापक संभावनाको भएको क्षेत्र भएपनि उचित ब्यवस्थापनका कारण पछि परेको बताए । त्यसका लागि अव नयाँ शैक्षिक नीतिले धेरै सहयोग गर्ने नेपालको बिश्वास थियो । सम्मेलनले १० बुँदे घोषणापत्र जारी गरेको थियो । शैक्षिक सम्मेलनमा यहाँका शैक्षिक अगुवाहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



