

मुख्यमन्त्रीलाई आफैले नियुक्त गरेका सारथीले छोड्दै
केही समय अघि तीन नम्वर प्रदेशका मुख्यमन्त्रीका कानुनी सल्लाहकारले राजीनामा दिए । त्यसको केही दिन पछि पाँच नम्वर प्रदेशका योजना आयोगका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् ।
-
प्रदेश सरकार आफैले नियुक्त गरेको पदाधिकारीसँग पनि मिलेर काम गर्न नसक्ने अवस्था आएको छ । केही समय अघि तीन नम्वर प्रदेशका मुख्यमन्त्रीका कानुनी सल्लाहकारले राजीनामा दिए । त्यसको केही दिन पछि पाँच नम्वर प्रदेशका योजना आयोगका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् ।
। प्रदेश ३ सरकारले नियुक्त गरेको मूख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार गराइरहेका बेला उनैले नियुक्त गरेका न्यायाधीबक्ताले राजीनामा दिए । मुख्यमन्त्रीका लागि कानुनी सहयोगका लागि प्रदेश महान्यायाधीबक्ता नियुक्त गर्ने चलन छ ।
प्रदेश प्रमुखसचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले ब्यक्तिगत कारण जनाएपनि आपसी समदारी अभाव भएपछि छोडेको बताईन्छ । न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले न्यौपाने सुविधायुक्त गाडी किन्न चाहन्थे तर विवाद हुन्छ भनेर मुख्यमन्त्री कार्यालयले स्वीकृति दिएको थिएन । पछिल्लो समय न्यौपाने र मुख्यमन्त्री पौडेलबीच दूरी बढेको थियो ।
आपूm स्वतन्त्र भएर काम गर्न चाहने र मुख्यन्यायधिबक्ता भएपछी बाँधिएर काम गर्नुपर्ने भएकाले पदबाट राजिनामा दिएको न्यौपानेको भनाई छ ।
मुख्य न्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताएका छन् । यसले पनि उनी सतुष्ट नभएको पुष्टि गर्दछ । रेडक्रसको चुनावमा पार्टीले गरेको ह्विप नमानी मकवानपुरका भोला रुपाखेतीलाई उम्मेद्वार बनाएपछि मुख्यमन्त्री पौडेललाई नै न्यौपाने हटाउन नेकपाका नेताहरुको दबाब थियो ।त्यस्तै श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण ९स्थितिपत्र० र आवधिक योजना बनाउने जस्तो महत्त्वपूर्ण काम गरेका थिए ।
मुख्यमन्त्री पोखरेलको आग्रहमा नेपाल राष्ट« बैंकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैंक नै फर्केका हुन् ।श्रेष्ठले जेठ १४ गते नै राजीनामा दिएको भए पनि बजेट सार्वजनिक गर्नुअघि गोप्य राखिएको थियो ।
News Desk 0 response सोमवार, असार २, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



