• काठमाडौं ।

    सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । सोमबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न योग्यता तोकेर अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो । यसअघि अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले गत पुसमा राजीनामा दिएपछि अध्यक्ष पद रिक्त छ ।

    हाल सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ ।