• अरब भन्दा माथिको भ्रष्टाचार कर्मचारीले मात्र गर्न नसक्ने बताउँदै उनल कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे मात्र समातिने गरेको बताए । त्यो राष्ट्रिय सहमति बनेर मात्र ठूला भ्रष्टाचार हुने पूर्वमन्त्रीसमेत रहेका भुषालले बताए ।

    मंगलबार संसदमा बजेट छलफलमा भाग लिँदै उनले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताएका छन् ।

    राजनीतिक पार्टीनै भ्रष्ट हुँदै गएको उनको तर्क थियो । माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका कारण समस्या आएको उनले बताए ।
    दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए । दलाल पुँजीवादको जञ्जालले हाम्रो विकास र स्वतन्त्रतालाई निरन्तर खुम्च्याइरहेको भन्दै भुसालले यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए ।