• काठमाडौं ।

    बिभिन्न स्थानमा बम बिष्फोट गराएपछि नेकपा विप्लव समूहप्रति सरकार आक्रामक बनेको छ । उसले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारको ठहर छ । विप्लवको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री रामबहादुर थापाले संसदमा जवाफ दिएका छन् । श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्रीले उनीहरुले जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको बताए ।