

-
काठमाडौं ।
करोडौँ मूल्य पर्ने सरकारी जग्गा आफ्नो नाममा पार्ने मालपोतका हाकिमलाई अख्तियारले जोगाएको जुम्लाबाट निर्वाचित सांसद गजेन्द्रबहादुर महतले आरोप लगाएका छन् । जिल्लाको गुठीचौर गाउँपालिकास्थित तीन लाख बर्ग मिटर जग्गा आफ्नो नाममा पास गर्ने मालपोत कार्यालयका तत्कालिन हाकिम गोविन्द न्यौपानेलाई अख्तियारले जोगाएको बताएका हुन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै न्यौपानेले मुद्दा लम्ब्याउन अख्तिायरका अधिकारी र कर्मचारीलाई प्रभावमा पारेको आरोप लगाए । गुठीचौर गाउँपालिका भित्रको तीन लाख बर्ग मिटर जग्गा २०६६ सालमा मालपोत कार्यालयका तत्कालिन हाकिम गोविन्द न्यौपानेले आफ्नो, परिवार र नातागोताको नाममा दर्ता गरेका थिए । यो विषय २०७२ सालमा थाहा भएपछि तात्कालिन प्रमुख जिल्ला अधिकारीले २०७३ माघ १० गते अख्तियारमा पठाएका थिए । तर यो मुद्दाको छानबिनमा अख्तियारले चासो नै दिएन, सुनुवाइ नै गरेन। सांसद् महतले तत्कालिन माल हाकिम न्यौपानेको प्रभामा अख्तियार परेको दाबी गरे। त्यत्तिबेलाका मालपोत कार्यालयका हाकिमले अहिले अख्तियार कर्मचारीलाई भेट्दै हिँडेको उनको आरोप छ ।
News Desk 0 response सोमवार, जेष्ठ ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



