

नागरिकता नभएका संसद सचिवालयमा कर्मचारी
नागरिकता नभएका कारण बैंकमा खाता खोल्न नपाएर तलबै अध्यक्षले आफ्नै नाममा निकासा लिएको प्रेस संयोजकले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । त्यसोत एक दैनिक पत्रिकामा पनि अध्यक्ष गणेश तिमल्सिनाको सचिवालयले यही कुरा भनेको छ ।
-
काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्षले स्वकीय सचिवालयका चार जना कर्मचारीको नेपाली नागरिकता नभएको खुलासा भएको छ । राष्ट्रिय सभा अध्यक्षको सचिवालयलेनै यसको पुष्टि गरेको छ । सचिवलायका चार जना कर्मचारीको नेपाली नागरिकता नभएका कारण अध्यक्षलेनै उनीहरुको तलव बुझ्नु परेको बाध्यता सचिवालयले बिज्ञप्ति जारी गरेर जनाएको छ ।
नागरिकता नभएका कारण बैंकमा खाता खोल्न नपाएर तलबै अध्यक्षले आफ्नै नाममा निकासा लिएको प्रेस संयोजकले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । त्यसोत एक दैनिक पत्रिकामा पनि अध्यक्ष गणेश तिमल्सिनाको सचिवालयले यही कुरा भनेको छ ।
संसद् सचिवालयबाट अध्यक्ष तिमल्सिनाले सवारी चालकको सेवा अलग्गै लिएका छन् । सांसद र मन्त्रीहरूले स्वकीय सचिवालयका कर्मचारीको तलब पनि खाएको समाचार प्रकाशित भएपछि नियम बनाएर स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धित व्यक्तिकै नाममा बैंकको खातामा जम्मा गरिदिनु पर्ने व्यवस्था गरिएको थियो । तर, संसद् सचिवालयका सम्बन्धित कर्मचारीले भने राष्ट्रिय सभाका अध्यक्षलाई रिझाउन होला उनको स्वकीय सचिवालयका चार जना कर्मचारीको नामै नभए पनि तलब निकासा दिने गरेको खुलेको छ ।
यसरी प्रचलित अभ्यास र नियमविपरीत राज्यलाई हानि र व्यक्तिलाई फाइदा हुने काम गर्नु गराउनु भ्रष्टाचारकै परिभाषाभित्र पर्छ नेपालकै कानुनमा पनि । सांसदहरू विशेषगरी राष्ट्रिय सभाका सदस्यहरूले यसको चर्को विरोध गर्नुपर्ने हो । तर, तिनले विरोध गरेनन् । संसद सचिवालयमा यस्ता धेरै बिकृतिहरु छन् । तर, यसलाई सुधार्नेतर्फ कसैको ध्यान नगएको संसदीय मामिला पत्रकार संगठनका पूर्वअध्यक्ष नरेन्द्र साउद बताउँछन् ।
‘स्वकीय सचिवालयको सुविधा पाउने लगभग सबैले त्यसको दुरुपयोग गरेर भ्रष्टाचारको कसुर गरेकै छन् । यसैले तिनमा प्रश्न उठाउने आँट वा जाँगर नहुनु अस्वाभाविक हैन । यस्तो भ्रष्टाचार देखिने कसुर हुन नदिन संसद् सचिवलायकै कर्मचारी अग्रसर हुनुपथ्र्यो । अध्यक्षलाई गलतरूपमा पैसा लिन सघाउन सके आफूलाई पनि बाटो खुल्ने ठानेर कर्मचारीहरू त्यसलाई रोक्न प्रायः तत्पर हुँदैनन् ।’ लामोसमय संसद सचिलालयमा काम गरेर अवकाश भएका एक अधिकृतले जनप्रशासनलाई यस्तो प्रतिकृया दिए ।
संसदका बारे जानकार अधिबक्ता भेषराम ढकाल पनि यस्तो कामलाई निरुत्साही गर्नुपर्ने बताउँछन् । उनले भने,‘राष्ट्रिय सभाका अध्यक्षले नियतवश कर्मचारीको तलब आफ्ना नाममा निकासा लिएका हैनन् भने त्यसरी लिएको पैसा फिर्ता गरेर गल्ती सुधार गर्न अगाडि सरुन् । साथै, नियमविपरीत निकासा दिन सघाउने कर्मचारीलाई पनि संसद् सचिवालयले कारबाही गरोस् ।’ त्यसोत सचिवालयमा नेपाली नागरिकता पनि नभएका ब्यक्तिलाई नियुक्ति दिईएको बारेमा भने अझै कडा आलोचना भएको छ । नेपाली बैंकमा खाता खोल्न पनि नमिल्ने कर्मचारी भर्ना गरेर राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नेपालको कानुनलाइ चुनौती दिएको अधिबक्ता ढकालको तर्क छ । ढकाल भन्छन्,–‘नेपाली नागरिकता नभएका कि त बिदेशी हुन् वा बालबालिक हुन् ।’ यी बाहेक नेपाली नागरिकता जो सुकैसँग हुन्छ । त्यसकारण यस वारे छानविन हुनुपर्ने ढकालको भनाई छ ।जनप्रशासन पाक्षिकवाट
News Desk 0 response आइतवार, जेष्ठ ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



