आयल निगममा अर्वको अर्को चलखेल
कार्यकारी निर्देशक पौडेलले ग्याँस मालिकहरुसंग घुँडा टेकेपछि आयल निगममा जुनजोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको एक कर्मचारीले बताए । निगमको सुधार गर्ने, गुड्डी हाँक्दै पदवहाली गरेका पौडेलले ग्याँस व्यवसायीसँग मिलेमतो गरेको समाचार छ । यो मिलेमतोले निगमलाई वार्षिक एक अर्व रुपैयाँको भार थपेको छ । पौडेलले ग्याँस उद्योगीसँग मिलेमतो गरेर उद्योगीलाई थप कमिसन दिने निर्णय गरेका छन् । यसले वार्षिक ९६ करोड व्ययभार थपिएको छ । निगम व्यवस्थापनले उद्योग सञ्चालन र वृद्धि गर्ने निर्णय गर्नुले मिलेमतो भएको र आर्थिक चलखेलको गन्ध आएको स्पष्ट छ ।
-
काठमाडौं ।
नेपाल आयल निगम धेरै काण्डमा पर्ने संस्था हो । आर्थिक अपचलन हुने ठूलो संस्थाको पहिचान पनि यसले वनाएको छ । उपभोक्ता ठग्ने त यहाँको धेरै पुरानो समस्या हो । यस्ता समस्या समाधान गर्न धेरै सुधारको प्रयास भए । तर, त्यसले कुनै उपलब्धि दिन सकेको छैन ।
News Desk 0 response आइतवार, जेष्ठ ५, २०७६
नेपालको कुवेत भनेर चिनिने आयल निगममा ठूलो कसरत पछि कार्यकारी निर्देशक वन्न सफल सुरेन्द्र पौडेलले निगमभित्रको वेथिति रोक्ने अपेक्षा गरिएको थियो । तर, अहिलेसम्म त्यो आशा निराशामा परिणत भईसकेको त छैन । तर, दिनको संकेत बिहानले गर्छ भने झै सुधारका केही छनक देखिएको छैन । उल्टो उनको नाममा पनि बिभिन्न नकारात्मक बिषय बाहिर आउन थालेका छन् ।
कार्यकारी निर्देशक पौडेलले ग्याँस मालिकहरुसंग घुँडा टेकेपछि आयल निगममा जुनजोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको एक कर्मचारीले बताए । निगमको सुधार गर्ने, गुड्डी हाँक्दै पदवहाली गरेका पौडेलले ग्याँस व्यवसायीसँग मिलेमतो गरेको समाचार छ । यो मिलेमतोले निगमलाई वार्षिक एक अर्व रुपैयाँको भार थपेको छ । पौडेलले ग्याँस उद्योगीसँग मिलेमतो गरेर उद्योगीलाई थप कमिसन दिने निर्णय गरेका छन् । यसले वार्षिक ९६ करोड व्ययभार थपिएको छ । निगम व्यवस्थापनले उद्योग सञ्चालन र वृद्धि गर्ने निर्णय गर्नुले मिलेमतो भएको र आर्थिक चलखेलको गन्ध आएको स्पष्ट छ ।
निगम उद्योगीलाई पोस्ने र उपभोक्तालाई ढाड सेक्ने परम्परागत सोच, शैली र प्रवृतिलाई यो निर्णयले बढवा दिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । अध्यक्ष महर्जनका अनुसार, निगमको वर्तमान नेतृत्वले उपभोक्तालाई झुक्याउँदै पुरानै प्रवृतिका साथ काम गरिरहेको छ । निगमको निर्णयअनुसार उद्योगीले अवदेखि प्रति सिलिण्डर करीव २८ रुपैयाँ थप कमिसन पाउँनेछन् । हाल खाना पकाउने एलपी ग्याँस मासिक ४० हजार टन आयात हुदै आएको छ । एकटनमा ७०.४२ कमिसन पाउँनेछन् । कमिसन वृद्धिगर्दा आन्तरिक भाडा, प्राविधिक नोक्सान, ओभरहेडर नाफा, डिलर मार्जिन जस्ता शिर्षकको हवाला दिइएको छ । उता निगमका कार्यकारी निर्देशक पौडेल भने उपभोक्तालाई तत्काल भार नपर्ने गरी कमिसन बढाइएको उल्लेख गर्दै व्यवसायीले डेलिभरी अर्डर (पीडिओ) नै उठाउन बन्द गरेपछि वाध्यतावस् कार्यदलको सिफारिसमा कमिसन बढाएको बताउँछन् । तर, मञ्चका अध्यक्ष महर्जनले यो उपभोक्तामाथि नै भार थपिनेमा जोड दिए । निगमको अर्को व्यापक आर्थिक चलखेल हुने नयाँ पेट्रोल पम्पमा नयाँ व्यवस्थापनले खुला गरेको छ । पम्प संचालनका लागि नयाँ मापदण्ड तोक्दै नयाँ पम्प संचालन गर्ने प्रकृया अघि बढाएको छ । निगमका एक अधिकारीका अनुसार लामो समयसम्म रोकिएको नयाँ पेट्रोल पम्प खुला गर्न नयाँ मापदण्ड निर्माणमै चलखेल भएको छ । उनका अनुसार यो ‘पोलिसी करप्सन’ हो । कार्यकारी निर्देशक पौडेलले यस विषयमा राम्रै शुभलाभ प्राप्त गर्ने चर्चा बबरमहल र मन्त्रालय परिसरदेखि संसद सचिवालय परिसरसम्म पुगेको छ । निगमका कमिसन वृद्धि, कर्मचारी सरुवा नयाँ पेट्रोल पम्प संचालनमा खुला जस्ता विषयमा अनियमितताको आरोप सहित विभिन्न निकायमा उजुरी परेका छन् । संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा समेत यो विषयले प्रवेश पाएको छ । समितिको बैठकले एलपी ग्याँस र नयाँ पट्रोलपम्प सञ्चालन लगायतका विषयमा आवश्यक अध्ययनका लागि आयल निगम बोर्डको निर्णय माग गर्ने निर्णय गरेको छ । यसबाट प्रष्ट हुन नसके बोर्डका पदाधिकारी र सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाउन सकिने समिति सदस्यले बताएका छन् ।
उदयपुर सिमेन्ट कारखानामा राम्रो काम गरेको भनिएका पौडेल तत्कालिन नेकपा (एमाले) का नेताको दवावमा प्रधानमन्त्री केपी ओली मार्फत निगमको कार्यकारी निर्देशक बन्न सफल भएको बताइन्छ । त्यसअघि पौडेल उदयपुर सिमेन्टको महाप्रबन्धक थिए । एमाले नेताको दवाव र प्रधानमन्त्रीको हस्तक्षेपमार्फत कार्यकारी निर्देशक बनेका पौडेल र उद्योगमन्त्री मातृका यादवबीच समधुर सम्बन्ध स्थापित हुन सकेको छैन । पौडेलले आफ्नो प्रधानमन्त्रीसँग आफ्नो सिधा सम्बन्ध रहेको फूर्ति मन्त्रालयममा लगाउने गरेको एक सहसचिव सुनाउँछन् । ती सह–सचिवका अनुसार पौडेल र मन्त्री यादवबीच चिसो सम्बन्ध रहनुमा मन्त्री यादवले अकै व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने योजना बनाइरहँदा प्रधानमन्त्रीको फोर्स लगाएर पौडेल आएपछि मन्त्री यादव असन्तुष्ट बनेका हुन् । निगमलाई व्यापक सुधार गर्ने बनाएपनि पौडेलका पछिल्ला गतिविधि र निणर्यले त्यसतर्फ संकेत गर्दैनन् । कार्यकारी निर्देशक पौडेल अहिले केही व्यापारी र विचौलिया सँगको साँठगाठ गरेको देखिदा आर्थिक चलखेलको आशंका बढेको निगमका कर्मचारीको भनाई छ ।
जनप्रशासन पाक्षिकवाट
सम्बन्धित शीर्षकहरु
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पुटिनको चेतावनी
शुक्रबार, भदौ २८, २०८१लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१ -
उमेरहदका कारण अवकाश नगर्न गुहार मागेका प्रहरीलाई..
बिहिबार, भदौ २०, २०८१