

राष्ट्र बैंकले निकाल्यो ठग जोगाउने जुक्ति
राष्ट्र बैंकको पछिल्लो बोर्ड बैठकबाट पारित भई अर्थ मन्त्रालय पठाउने तयारी चलिरहेको बैंकिङ कसुरसम्बन्धी विधेयक अक्षरशः पारित भएको खण्डमा बाउन्स चेक भिडाएर ठगी गर्दै आएका माफिया र ठग प्रत्यक्ष लाभान्वित हुनेछन् ।
-
काठमाडौं ।
राष्ट्र बैंकको पछिल्लो बोर्ड बैठकबाट पारित भई अर्थ मन्त्रालय पठाउने तयारी चलिरहेको बैंकिङ कसुरसम्बन्धी विधेयक अक्षरशः पारित भएको खण्डमा बाउन्स चेक भिडाएर ठगी गर्दै आएका माफिया र ठग प्रत्यक्ष लाभान्वित हुनेछन् ।
News Desk 0 response बुधबार, जेष्ठ १, २०७६
यसअघिको बैंकिङ कसुर तथा सजायँसम्बन्धी ऐन ०६४ (पहिलो संशोधन ०७३)लाई अझै परिष्कृत गर्ने नाममा खातामा पैसा नहुँदा नहुँदै चेक काटेर अरूलाई दुःख दिने नियत भएका फटाहाहरूलाई छुट दिन खोजिएको हो । खातामा पैसा नहुँदा चेक काटेर दुःख दिएको भेटिए तत्काल कारबाही हुने व्यवस्थालाई खुकुलो बनाई १५ दिनको समय दिन लागिएको छ ।
खातामा पैसा नहुँदा नहँुदै चेक काट्नेलाई तत्कालै बैंकिङ कसुरसम्बन्धी ऐनअन्तर्गत मुद्दा चलाइँदै आएकोमा प्रस्तावित विधेयकमा १५ दिनको समय दिने र सो अवधिभित्र पनि रकम जम्मा नगरे मात्रै कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था विधेयकमा उल्लेख भएको राष्ट्र बैंक स्रोतले जनआस्थालाई जनायो । चेक बाउन्ससम्बन्धी कसुरलाई समेत खुकुलो बनाइएको छ । यसअघि अब यस्तो केसमा १२ वर्षसम्म जेल बस्नुपर्ने व्यवस्था थियो । त्यस्ताले अब बढीमा ६ महिना जेल बसे पुग्नेछ । यसअघि १० अर्ब वा सोभन्दा बढीको चेक बाउन्समा १२ वर्षभन्दा बढी जेल बस्नुपर्ने व्यवस्था थियो । यस्तै १ अर्बसम्मको चेक बाउन्स भएको खण्डमा कम्तीमा आठदेखि बढीमा १० वर्ष जेल बस्नुपर्ने व्यवस्था थियो । ५० करोडसम्मको चेक बाउन्स भए कम्तीमा ६ देखि ८ वर्षसम्म जेल बस्नुपथ्र्याे । १० लाखसम्म चेक बाउन्स भए कम्तीमा एक वर्ष जेल जानुपथ्र्याे । संशोधित नयाँ व्यवस्थाले चेक बाउन्स प्रकरणमा बढीमा ६ महिनासम्म जेल सजायँ हुनेछ । जसअन्तर्गत ३ लाखसम्मका लागि एक महिना, १० लाखसम्मको हकमा एक महिनासम्म कैद र एक लाख जरिवाना, ५० लाख रुपैयाँसम्म भए ५ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायँको प्रस्ताव गरिएको छ । आपसी कारोबार नमिल्दा खातामा रकम नै नभए पनि बैंकमा चेक साट्न लगाई त्यसैलाई प्रमाण बनाएर प्रहरीमा बैंकिङ कसुरका उजुरी आउने क्रम बढेको छ । पछिल्लो दुई वर्षमा काठमाडौं प्रहरी परिसरमा चेक बाउन्स प्रकरणमा १८ सय मुद्दा दर्ता भएको रेकर्ड छ । अघिल्लो वर्ष ४ सय २७ वटा उजुरी दर्ता भएकोमा यस वर्ष १४ सय यस्ता घटनासम्बन्धी उजुरी दर्ता भएका छन् । परिसरमा दैनिक सरदर २५ वटासम्म चेक बाउन्सका केस दर्ता हुने गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



