छाड्नु परेपछि छादुञ्जेल सोमरस

सरुवाको निर्णय भइसकेपछि कार्यालय छाड्नुअघि नापी कार्यालय ललितपुरका प्रमुख सुरेश जोशी शुक्रबार राति ११ बजेसम्म अड्डामै मदिरापान गरी बसे । राजधानीका सरकारी र सार्वजनिक जग्गा कर्मचारीदेखि नेतासम्मको मिलेमतोमा दर्ता भएको हल्लाबीच सुरेशले पनि एक निजी अस्पताललाई अनियमित रूपले १३ रोपनी जग्गा दिएको फाइल रातिसम्म बसेर मिलाएको स्रोतको दाबी छ । त्यस रात उनको समूहले गरेको मदिरापान र फुटेका बोतल कार्यालय सहयोगीले उठाएका थिए । यी यस्ता भाग्यमानी कर्मचारी हुन्, जो नापीको इतिहासमै पहिलो पटक ललितपुरबाट कलंकी सरुवा भएका छन् । कमाउका दृष्टिले कलंकी एक नम्बरमै पर्छ ।


  • काठमाडौं ।

    सरुवाको निर्णय भइसकेपछि कार्यालय छाड्नुअघि नापी कार्यालय ललितपुरका प्रमुख सुरेश जोशी शुक्रबार राति ११ बजेसम्म अड्डामै मदिरापान गरी बसे । राजधानीका सरकारी र सार्वजनिक जग्गा कर्मचारीदेखि नेतासम्मको मिलेमतोमा दर्ता भएको हल्लाबीच सुरेशले पनि एक निजी अस्पताललाई अनियमित रूपले १३ रोपनी जग्गा दिएको फाइल रातिसम्म बसेर मिलाएको स्रोतको दाबी छ । त्यस रात उनको समूहले गरेको मदिरापान र फुटेका बोतल कार्यालय सहयोगीले उठाएका थिए । यी यस्ता भाग्यमानी कर्मचारी हुन्, जो नापीको इतिहासमै पहिलो पटक ललितपुरबाट कलंकी सरुवा भएका छन् । कमाउका दृष्टिले कलंकी एक नम्बरमै पर्छ ।
    उपत्यकाको एउटा कमाउ कार्यालयमा बसिरहेको कर्मचारीलाई सरुवा गर्दा उपत्यका बाहिर, मन्त्रालय वा विभागमा पठाइने हालसम्मको मापदण्डविपरीत सुरेश मन्त्रालयका सचिव गोपी मैनाली र सहसचिव जनकराज जोशीको रुचिमा परेका हुन् । सामान्यतया भूमि व्यवस्थापन मन्त्रालयमा उपसचिवसम्मका कर्मचारीको लागि गाडीको व्यवस्था छैन । तर, सेवाग्राहीबाट पैसा असुल्न र त्यसको बाँडफाँड मन्त्रालयसम्म पु¥याउन माहिर सुरेशले दुईवटा गाडी प्रयोग गर्दै आएका छन् । कमाइएको रकम रंगीला कार्यमा समेत लगानी गर्ने उनले लपु नापी छाड्नुअघि एउटा गाडी नापी विभागलाई पत्र लेखी मागेका छन् र अर्को आफूसँगै कलंकी लाने तयारीमा छन् । उनको स्थानमा मन्त्रालयबाट मन्त्रीको प्रभाव प्रयोग गरी नारायण रेग्मी गएका छन् । यसैगरी सुरेशले कलंकीबाट विस्थापित गरेका प्रमुख नापी अधिकृत दुर्गादत्त महर्जन पनि सचिवको कृपाका कारण चाबहिल सरेका छन् । सहसचिव जनकराज जोशीले भने मन्त्रालयको भूमि नामक एप्स बनाउने नाममा ३४ लाख रुपैयाँ सचिव गोपीसँग मिलेर हजम गरेको बताइन्छ ।
    भूउपयोग आयोजना चलुन्जेल प्रत्येक प्याकेजबाट २ लाख लिने गरेका जनकले ललितपुरको इमाडोलस्थित बोजेपोखरी र मनमैंजुमा दुईवटा भव्य बंगला बनाएका छन् । यसैगरी सुदूर पश्चिमको महेन्द्रनगरमा पनि करोडौंको अर्को घर ठड्याएका छन् । शेयरमा उनी र परिवारको नाममा रहेको लगानी मात्र खोज्ने हो भने पनि अकुतमा पर्ने मन्त्रालयकै एक सहसचिव बताउँछन् ।
    नापी विभागले नेदरल्याण्डमा डेढ वर्षे स्नातकोत्तर अध्ययनका लागि पठाएको बेला बीचमै घर फर्कन आफ्नो रकम खर्च नगर्ने उनले देखाएको पैसा जम्मा गर्ने शैली अहिले पनि ब्याचीबीच चर्चाको विषय बन्ने गर्छ । त्यतिबेला उनले हालसम्म पनि स्वस्थ रहेका बाबुको अन्तिम अवस्था भन्दै सहपाठीदेखि पसल र सडकमा समेत पैसा मागेर ०६५ सालमा ७ सय युरो जम्मा गरेको आरोप छ ।
    अतिरिक्त लाभका लागि कर्मचारीको सरुवा र पदस्थापना गर्ने क्रम स्वास्थ्य सेवा विभागमा अझै रोकिएको छैन । लेनदेनमा पक्का नभएसम्म कुनैपनि फाइलमा हस्ताक्षर नगर्ने महानिर्देशक डा. गुणराज लोहनीले भखैरै स्टोरमा पनि आज्ञाकारी भोला अधिकारीलाई लगेका छन् । महामारीको औषधि खरिदमा कमिसनको विवाद भएपछि गुणराजले तिलक पौडेललाई हटाएर भोलालाई स्थापित गराएको बुझिएको छ । उपचारात्मक महाशाखाका अस्पताल अनुगमन प्रमुख डा. हेमन्तचन्द्र ओझा पनि अनुगमनबाट उठाइएको रकम महानिर्देशकको मागबमोजिम नदिएका कारण जिम्मेवारीबाट वञ्चित भएका छन् । भर्खरै कुरा मिलाएर जिम्मेवारीमा फर्किएका छन् । गुणराजको स्वकीय सहयोगीका रुपमा मातृका दाहाल, सीता न्यौपाने, इश्वर रेग्मी लगायतका कर्मचारी राखिएका छन्।
    महामारीका औषधिहरू खरिदमा लापर्वाही गरेको आकाश अन्तरिक्ष गौतम सप्लायर्सका सामान अहिलेसम्म पनि स्टोर दाखिला र भुक्तानी भएको छैन । तर, महानिर्देशकले शीघ्र भुक्तानी दिएर लाभ हासिल गर्न लागेका छन् । हस्पिटेक कम्पनीको औषधिजन्य सामग्रीको गुणस्तर जाँच दाखिला नै नभई भुक्तानी दिन लगाएर आएको रकम गुणराजले कसैलाई बाँडेनन् । भदौदेखि सरुवा गरिएका ५ हजारभन्दा बढी कर्मचारीमध्ये हजारौंसँग लाभको हिसाब लिएको कसैबाट छिपेको छैन । उनले कर्मचारी समायोजनमा कर्मचारी नेतालाई सहज ठाउँमा स्थापित गरी कडा रोगी, मातृशिशु’ र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई दुर्गममा निर्ममतापूर्वक खेदाएको जनआस्थाले समाचार छापेको छ ।