

-
काठमाडौं ।
सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले उक्त कदमको घोर निन्दा गरेका हुन् ।
News Desk 0 response शनिबार, बैशाख २१, २०७६
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो (शुक्रबार) साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भत्र्सना गरेका हुन् ।
अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पुर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।
यद्धपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भएपनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको पनि उनीहरुको भनाई छ । त्यस्तै, कोहीपनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको उनीहरुको स्पष्टोक्ति थियो ।
तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको पनि उनीहरुको दाबी छ । पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने अस्पतालको सोच देखिएकोले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको पनि उनीहरुले सुनाए ।
आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै उनीहरुले घोर भत्र्सना समेत गरे ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीचको सम्बन्ध राम्रो होस भनेर नै आफूहरु आन्दोलित भएको स्पष्ट पारिन् । उनले भनिन्,‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परीवर्तन गर्ने गरिएको छ ।’ आफूहरु बैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको पनि उनले स्पष्ट पारिन् ।
उनले विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउनको लागि पनि आफूहरुल्े माग गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’
नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्यायमा पारेको सुनाईन् । उनले भनिन्,‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो । तर, निर्देशकले कर्मचारीहरुलाई त्यो अवसर प्रदान गर्नुभएन् ।’
अस्पताल प्रशासनले प्राविधिकतर्फमात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागमा नखुलाएकोमा पनि आफूहरुको आपत्ति रहेको खर्बुजाको भनाई छ ।
कार्यक्रममा नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सहरुप्रति विभेद र शोषण भएको सुनाईन् । उनले भनिन्,‘हामी बाध्य भएर पत्रकारहरुको माध्यमबाट हाम्रा भावनाहरु उठाउँदैछौं । हिजो नर्सहरुमाथि भएको प्रहरी ज्यातदी र दमनको म घोर विरोध गर्दछु ।’ अहिले दक्ष नर्सहरुलाई छोडेर सिकारु नर्सहरुलाई काम गर्न लगाईएको भन्दै यसो गर्दा विरामीको ज्यानै जानसक्ने पनिउनले खतरातर्फ अस्पताल प्रशासनलाई सचेत गराईन् ।
उनीहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘यस्ता शासकविरुद्ध जुनसुकै बेला प्रतिकारलागि तयार रहेको सूचनासहित । दोषीमाथि कानूनबमोजिम सजाय दिनु सम्बन्धित सरोकारवाल तथा विभागीय मन्त्रालयको ध्यानाकार्षण गराउँदछौं ।’


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९