

पुर्ननिर्माणमा पनि कर्मचारी बाधक !
संघीयताको कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा समस्या आएको हो । अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणमा असर परिरहेको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ ।
-
काठमाडौं ।
भुकम्पपछिको पुर्ननिर्माणमा पनि सरकारी कर्मचारी र उनीहरुको समायोजन समस्याको रुपमा देखिएको छ ।
संघीयताको कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा समस्या आएको हो । अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणमा असर परिरहेको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । यसको व्यवस्थापन लागि अर्काे प्रमुख चुनौती बन्न पुगेको पुर्ननिर्माण प्राधिकरणका प्रमुख शुसील ज्ञवालीले बताए । २०७२ को भुकम्पपछिको पुर्ननिर्माण ४० महिनामा पुग्दा पनि काम यस्तै बिभिन्न समस्याले अल्झिएको छ । पटक पटक नेतृत्व परिवर्तनले पनि यसलाई समस्या पारेको स्थिति छ ।
निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेहरुले जीवीकोपार्जनका थप अवसरहरु समेत माग गरेको अवस्थामा घर निर्माणमै समस्या आएको प्राधिकरणले बताईरहेको छ । भूकम्प पीडितहरुलाई जीवीकोपार्जनका अवसरहरुसँग जोड्ने र आर्थिक रुपमा रुपान्तरण गर्ने चुनौती रहेको प्राधिकरणले पत्रकार सम्मेलनै गरेर बताएको छ । यसका लागि सहुलियत ऋणको व्यवस्था मिलाइएको र आगामी वर्षदेखि विशेष सहयोग कार्यक्रम सञ्चालनमा ल्याइनेछ ज्ञवालीले जानकारी दिए ।निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको थियो । त्यसमध्ये निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्र विन्दुमा राखेर काम गरेको प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । जसमध्ये ५० प्रतिशत अर्थात ३लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरेको सरकारी तथ्यांक छ । ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १९, २०७६
जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा, भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गरिरहेको बताईएको छ ।

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



