यी हुन् खुल्ला मञ्च अतिक्रमणमा संलग्न भएका सरकारी कर्मचारी
काठमाडौंको खुल्ला मञ्च अतिक्रमणका बिषयमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा परेका छन्। अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालमाथि अख्तियारले अनुसन्धान थालेको छ।
-
काठमाडौं ।

२०७३ जेठ २० मा काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ३ वर्ष खुलामञ्च उपभोग गर्ने सम्झौता भएको थियो। महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तामाङले २०७३ साउन ३० मा निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिएका थिए। किर्ते कागजात बनाएर खुलामञ्चको १३ रोपनी जग्गा अतिक्रमण गरेको पाइएको छ। २९ तले भ्यू टावर निर्माण गर्न बसपार्क खुलामञ्चमा सारिएको थियो। बसपार्क उपभोग गरेबापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ बुझाउने सहमति भएको अन्नपूर्णले लेखेको छ ।
०७६ साउन ३० मा सम्झौता सकिन्छ। तर भ्यू टावर निर्माण सुस्त भएकाले बसपार्क सर्ने सम्भावना छैन। खुलामञ्चमा सारिएको बसपार्कको पिच गर्न थालिएको छ। सेनाले ठूलाठूला भौतिक संरचना बनाएर टुँडिखेलको जग्गा कब्जा गरिसकेको छ। धरहरा निर्माणका सामग्री पनि टुँडिखेलमै राखिएको छ।सेना र माफियाले टुँडिखेलका जग्गा कब्जा गरेर संरचना बनाउँदा पनि महानगरपालिका मौन बसेकाले सम्पदाप्रेमी र स्थानीयले विरोध जनाएपछि मात्र महानगर तातेर सटर भत्काएको हो। सहमतिबेगर कम्पनीले ४३ सटर बनाएर भाडा असुलीरहेको थियो।
News Desk 0 response मङ्लबार, बैशाख १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९ -
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह..
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९