

चन्द्रागिरीको संरचना अबैध भएको सरकारी अध्ययन टोलीको निष्कर्ष
स्थलगत अध्ययनमा ढकालको चन्द्रागिरी प्रालिले निर्माण गरेको संरचना वातावरणीय प्रभाव मूल्यांकन(इआइए) प्रतिवेदनभन्दा फरक रहेको विभागमा महानिर्देशक डन्डुराज घिमिरेले बताए।
-
काठमाडौं ।
चन्द्रागिरी हिल्स प्रालिले २०६९ भदौ २० गते एकै पटक (प्याकेजमै ) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तत्कालीन वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृत गरेको थियो।स्वीकृत रिर्पोटमा चन्द्रागिरी हिल्स प्रालिले चन्द्रागिरी रिर्सोटलाई वातावरण मैत्री स–सना ४० वटा कटेज निर्माण गर्ने उल्लेख गरेको थियो। तर, अहिले स्वीकृत रिर्पोटभन्दा बाहिर गएर ठूला दरबारजस्ता भवन निर्माण गरिएको छ।
प्रतिवेदनमा हरेक कटेजमा ४ देखि ८ वटा कोठा रहने र रिर्सोट ५ तारे स्तरको हुने उल्लेख छ।
चन्द्रागिरी हिल्स प्रालिले वातावरण मन्त्रालयबाट स्वीकृत गराएको इआइए प्रतिवेदन भने नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेजले सन् २०१२ मा तयार पारेको थियो। प्रतिवेदनमा रिसोर्टका लागि निर्माण हुने कटेजहरु शुन्य दशमलब ७० हेक्टरमा फैलिने उल्लेख छ।
यसैगरी इआइएमा प्रतिवेदनमा केबलकार ०.६०, टप स्टेसन ०.३, सेमिनार हल ०.३, भ्यू(टावर .।०५, बगैँचा ०.१०, फनपार्क ०.४०, रेष्टुरेन्ट ०.५०, आन्तरिक बाटो ०.५०, पदयात्रा मार्ग ०.५० र अन्य संरचना ०.९५ हेक्टरमा गरी कूल ५ हेक्टरभित्र संरचना निर्माण गरिने उल्लेख छ। प्रालिले सरकारसँग लिएको ३६ हेक्टरमा ३१ हेक्टर भने बनेकै रुपमा राख्ने गरी इआइए स्वीकृत भएको छ। बिवाद बढेपछि सरकारी निकाय बाट पनि यसको अध्ययन भएको छ ।
News Desk 0 response आइतवार, बैशाख १५, २०७६
स्थलगत अध्ययनमा ढकालको चन्द्रागिरी प्रालिले निर्माण गरेको संरचना वातावरणीय प्रभाव मूल्यांकन(इआइए) प्रतिवेदनभन्दा फरक रहेको विभागमा महानिर्देशक डन्डुराज घिमिरेले बताए।
‘चन्द्रागिरी हिल्स प्रालिले निर्माण गरेको रिर्सोटको संरचना स्वीकृत इआइए भन्दा बाहिर छ’, घिमिरेले भने, ‘विभागको स्थलगत अध्ययन टोलीको प्रतिवेदनअनुसार आवश्यक कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसँग राय माग गरेका छौं।’

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



