

चन्द्रागिरीको संरचना अबैध भएको सरकारी अध्ययन टोलीको निष्कर्ष
स्थलगत अध्ययनमा ढकालको चन्द्रागिरी प्रालिले निर्माण गरेको संरचना वातावरणीय प्रभाव मूल्यांकन(इआइए) प्रतिवेदनभन्दा फरक रहेको विभागमा महानिर्देशक डन्डुराज घिमिरेले बताए।
-
काठमाडौं ।
चन्द्रागिरी हिल्स प्रालिले २०६९ भदौ २० गते एकै पटक (प्याकेजमै ) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तत्कालीन वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृत गरेको थियो।स्वीकृत रिर्पोटमा चन्द्रागिरी हिल्स प्रालिले चन्द्रागिरी रिर्सोटलाई वातावरण मैत्री स–सना ४० वटा कटेज निर्माण गर्ने उल्लेख गरेको थियो। तर, अहिले स्वीकृत रिर्पोटभन्दा बाहिर गएर ठूला दरबारजस्ता भवन निर्माण गरिएको छ।
प्रतिवेदनमा हरेक कटेजमा ४ देखि ८ वटा कोठा रहने र रिर्सोट ५ तारे स्तरको हुने उल्लेख छ।
चन्द्रागिरी हिल्स प्रालिले वातावरण मन्त्रालयबाट स्वीकृत गराएको इआइए प्रतिवेदन भने नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेजले सन् २०१२ मा तयार पारेको थियो। प्रतिवेदनमा रिसोर्टका लागि निर्माण हुने कटेजहरु शुन्य दशमलब ७० हेक्टरमा फैलिने उल्लेख छ।
यसैगरी इआइएमा प्रतिवेदनमा केबलकार ०.६०, टप स्टेसन ०.३, सेमिनार हल ०.३, भ्यू(टावर .।०५, बगैँचा ०.१०, फनपार्क ०.४०, रेष्टुरेन्ट ०.५०, आन्तरिक बाटो ०.५०, पदयात्रा मार्ग ०.५० र अन्य संरचना ०.९५ हेक्टरमा गरी कूल ५ हेक्टरभित्र संरचना निर्माण गरिने उल्लेख छ। प्रालिले सरकारसँग लिएको ३६ हेक्टरमा ३१ हेक्टर भने बनेकै रुपमा राख्ने गरी इआइए स्वीकृत भएको छ। बिवाद बढेपछि सरकारी निकाय बाट पनि यसको अध्ययन भएको छ ।
News Desk 0 response आइतवार, बैशाख १५, २०७६
स्थलगत अध्ययनमा ढकालको चन्द्रागिरी प्रालिले निर्माण गरेको संरचना वातावरणीय प्रभाव मूल्यांकन(इआइए) प्रतिवेदनभन्दा फरक रहेको विभागमा महानिर्देशक डन्डुराज घिमिरेले बताए।
‘चन्द्रागिरी हिल्स प्रालिले निर्माण गरेको रिर्सोटको संरचना स्वीकृत इआइए भन्दा बाहिर छ’, घिमिरेले भने, ‘विभागको स्थलगत अध्ययन टोलीको प्रतिवेदनअनुसार आवश्यक कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसँग राय माग गरेका छौं।’


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९