• पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा ९ को नेपाली विषयमा त्रुटी हुँदा कक्षा १० को नेपाली विषयको कभर हालेको पाइएको हो।

    नयाँ शैक्षिक–सत्रका लागि खरिद गरेर ल्याइएका विभिन्न कक्षाको पुस्तकमध्ये कक्षा ९ को कतिपय नेपाली विषयमा कक्षा १० को कभर हालेको पाइएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेका शिक्षक रविन सुनुवारले बताएको नागरिकले लेखेको छ ।

    पुस्तकको थुप्रोमा कुनै–कुनै पुस्तकमा त्रुुटी भएको फेला परेको हो। ‘कक्षा ९ को नेपाली विषयको केही पुस्तकमा त्रुटी पाइएको हो,’ शिक्षक सुनुवारले भने, ‘बाहिर कक्षा १० लेखिएको भए पनि भित्र कक्षा ९ कै पाठ्यावस्तु समावेस छ।’

    तस्वीर -नागरिक दैनिक