

भद्रगोल पारामा कृषि मन्त्रालय आधा दर्जन निकाय प्रमुखविहिन
आर्थिक चलखेलमा माहिर कनिष्ठ सहसचिव तेजबहादुर सुवेदीलाई सचिव युवकध्वज जिसीको इच्छाअनुसार कृषि मन्त्रालयको योजना महाशाखाको प्रमुख बनाइएको छ, सिनियर सहसचिव योगेन्द्रकुमार कार्कीलाई ३ प्रदेशतिर धकेलिएको छ । जबकि कर्मचारी समायोजन गरिँदा ज्येष्ठताको आधारमा गर्ने भनिएको छ । अर्थात् सिनियरलाई संघमा राख्ने र जुनियरलाई प्रदेशमा खटाउने तर कर्मचारी समायोजनको धज्जी उडाउँदै सचिव युवकध्वज जिसीले मन्त्रालयको योजना महाशाखामा आफू अनुकूलको ‘एसम्यान’ ल्याउन चाहन्थे । सहसचिवमा छड्के प्रवेश गरेका जिसीले पेन्सन पाउँदैनन् । त्यही कारण सचिव हुँदै उनी आफ्नो उठ्ती–पुठ्ती पूरा गर्न चाहन्छन् र त्यो योजना साकार पार्ने पात्रका रूपमा विगतमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको आयोजना प्रमुख हुँदा थुप्रै काण्डमा मुछिएका जुनियर तेजबहादुरलाई च्यापेर योजना शाखामा तानिएको छ ।
-
काठमाडौं । आर्थिक चलखेलमा माहिर कनिष्ठ सहसचिव तेजबहादुर सुवेदीलाई सचिव युवकध्वज जिसीको इच्छाअनुसार कृषि मन्त्रालयको योजना महाशाखाको प्रमुख बनाइएको छ, सिनियर सहसचिव योगेन्द्रकुमार कार्कीलाई ३ प्रदेशतिर धकेलिएको छ । जबकि कर्मचारी समायोजन गरिँदा ज्येष्ठताको आधारमा गर्ने भनिएको छ । अर्थात् सिनियरलाई संघमा राख्ने र जुनियरलाई प्रदेशमा खटाउने तर कर्मचारी समायोजनको धज्जी उडाउँदै सचिव युवकध्वज जिसीले मन्त्रालयको योजना महाशाखामा आफू अनुकूलको ‘एसम्यान’ ल्याउन चाहन्थे । सहसचिवमा छड्के प्रवेश गरेका जिसीले पेन्सन पाउँदैनन् । त्यही कारण सचिव हुँदै उनी आफ्नो उठ्ती–पुठ्ती पूरा गर्न चाहन्छन् र त्यो योजना साकार पार्ने पात्रका रूपमा विगतमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको आयोजना प्रमुख हुँदा थुप्रै काण्डमा मुछिएका जुनियर तेजबहादुरलाई च्यापेर योजना शाखामा तानिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ११, २०७६
मन्त्रालय कतिसम्म भद्रगोल ढंगले चलेको छ भने आधा दर्जनभन्दा बढी निकाय प्रमुख बेगर चलिरहेका छन् । त्यहाँ प्रमुखसमेत नियुक्त गर्न सकिएको अवस्था छैन् । जस्तोः नेपाल कृषि अनुसन्धान परिषद्को वाइ आर पाण्डे रिटायर्ड भएसँगै वैद्यनाथ महतोले केही समय कामु चलाए । तीन महिनादेखि टेकबहादुर गुरुङले कामु चलाइरहेको अवस्था छ । त्यहाँ प्रमुख नियुक्त गर्न सकिएको छैन । उस्तै हाल छ दुग्ध विकास संस्थानमा । गंगाप्रसाद तिमिल्सिनाले उमेर हदका कारण अवकाश पाएसँगै महाप्रबन्धक पद रिक्त रहेको ६ महिना बढी भइसक्यो त्यहाँ ईश्वरीप्रसाद न्यौपानेले कामु चलाइरहेका छन् । उनी पनि यही १९ गते घर जाँदै छन् । उस्तै गाईजात्राबीच एक वर्ष निमित्त चलाएर अम्मरराज खैर कृषि सामग्री केन्द्रबाट अस्तिदेखि उमेदहदका कारण घर फर्किएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डमा उस्तै अवस्था छ । कैलाश ढुंगेल प्रदेशको निर्वाचनमा लड्न गएदेखि त्यहाँ पद रिक्त छ । त्यहाँ डेढ वर्षदेखि बाबुकाजी पन्तले निमित्त कार्यकारी खाइरहेका छन् । यस्तै, चिया तथा कफी विकास बोर्डका प्रमुख शेषकान्त गौतम केही सातापछि घर जाँदै छन् । उता, मन्त्रालय मातहतकै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डिजी छन् सञ्जीव कर्ण । उनी त्यही व्यापारीरूो स्वार्थअनुसार काम गरिरहेका कारण तीन वर्षदेखि त्यहीँ टिकिरहेका छन् । डिजी बन्ने लाइनमा छिन् उपमहानिर्देशक मतिना जोशी वैद्य । तर, रमाइलो कस्तो भने मन्त्रीले कर्णलाई फालेर मतिनालाई महाप्रबन्धक बनाउन खोज्दै छन् तर राज्यमन्त्री रामकुमारी चौधरी सञ्जीव कर्णको पक्षमा उभिँदा त्यहाँ पनि लफडा देखिएको छ । यही लफडाका कारण त्यहाँ ३ महिनादेखि डिजी कर्ण र मतिनाबीच बोलचाल बन्दको स्थिति भएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



