

-
काठमाडौं । । उपत्यकाको चार नारायण भन्दा पुराना फुल्पिङकट्टीको जैमन थैपी नारायण मन्दिरको पुरातत्व बिभागले पुर्ननिर्माण गर्ने भएको छ । बिभिन्न धार्मिकग्रन्थमा उल्लेख भए अनुसार मन्जुश्रीले चोभारको डाँडो खड्गले काट्नु भन्दा पहिले यो नारायणको उत्पति भएको हो । एउटा कैली गाईले नियमति दुध चढाएपछि गोठालो पछि लाग्दै जाँदा यहाँ मुर्ति भेटेका थिए । आफ्नो गाईले दुध चढाउने रुखको ठुटोमा गोठालोले रिसले खुकुरी प्रहार गर्दा रगत आएपछि यहाँ पुजाआजा गर्न थालिएको हो । सपनामा यो ठुटोले आफू नारायण भगवानको रुप भएको र मन्दिर स्थापना गर्न भनेपछि सोही अनुरुप गरिएको किम्वदन्ति छ ।
News Desk 0 response सोमवार, बैशाख ९, २०७६
भोटेकोशी तरेर गाईले फुल्पिङकट्टीमा दुध चढाउन आएको कारण त्यहाँ अहिले गाईको पाईला पनि देख्न सकिन्छ । शेर्पा भाषामा गाईलाई लाङ र पाईलालाई डाप भनिन्छ । सोही भाषा अपभ्रंश भएर अहिले सो गाईको पाईला देखिने ठाउँलाई ‘डाकलाङ’ भन्ने गरिएको छ । यो अरनिको राजमार्गमा पर्दछ ।
यही महान ईतिहास बोकेको जैमन थैपी नारायण मन्दिरलाई ब्यवस्थित गर्न यहाँका भक्तजनले नयाँ योजना अघि सारेका छन् । श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरेर यहाँको मन्दिर ब्यवस्थापन गर्न लागिएको छ । धर्मशाला र यज्ञशाला निर्माण, यहाँ रहेको ऐतिहासिक धारा निर्माण,पोखरी जिर्णोद्वार,बगैचा तथा स्नानगृह निर्माण गर्ने योजना उनीहरुको रहेको छ ।
सुरुमा यहाँ मन्दिर निर्माण गर्दा बिभिन्न प्रकारका सामान प्रयोग गरिए पनि स्थाई नभएपछि सपनामा खर र कुश प्रयोग गरेर मन्दिर निर्माण गर्न भनेपछि सोही अनुरुप मन्दिर निर्माण गरिएको यहाँका बुढापाका वताउँछन् । यो मन्दिर खरको छाना र कुशको चुल्ठी हालेको फरक प्रकारको मन्दिर यहाँ वनाईएको थियो । साथै भोटेकोशी गाउँपालिका भित्रका मठ मन्दिरहरुको पुर्ननिर्माणका लागि गुरुयोजना पनि निर्माण भईरहेको यहाँका अध्यक्ष राजकुमार पौडैलले जानकारी दिए । त्यसका लागि पुरातात्विक बिभाग बाट प्राबिधिक टोलीनै खटिएर अध्यन तथा अनुगमन गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



