

सर्वोच्चमा न्यायाधीश सिफारिस भएका ब्यक्ति गलत रहेको भन्दै समितिमै धुरुधुरु
ढुङ्गानाले उच्च अदालतमा छँदा आर्थिक चलखेल गरी सधैँ एउटै इजलासमा मुद्दा तोकेकोदेखि धम्की दिएको सम्म आरोप लगाइन् । उजुरीबारे प्रस्ट पार्ने क्रममा उनी भक्कानिएकी थिइन् ।
-
काठमाडौं ।
पछिल्लो पटक न्यायाधीशमा सिफारिस भएका ब्यक्तिउपर निक्कै
आलोचना भएको छ । योग्य नभएको ब्यक्तिलाई सिफारिस गरिएको भन्दै सर्वसाधारणदेखि चलेका कानुन ब्यवसायी पनि उजुरी लिएर पुगेका छन् ।
उच्च अदालतबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध उजुरी दिएर समितिमा पुगेकी अञ्जुकुमारी दाहालले ढुङ्गानाले न्यायिक इमान भएको व्यक्ति भएकाले उनलाई सर्वोच्चमा नियुक्त नगर्न आग्रह गरिन् । ढुङ्गानाले उच्च अदालतमा छँदा आर्थिक चलखेल गरी सधैँ एउटै इजलासमा मुद्दा तोकेकोदेखि धम्की दिएको सम्म आरोप लगाइन् । उजुरीबारे प्रस्ट पार्ने क्रममा उनी भक्कानिएकी थिइन् ।कानुन व्यवसायीबाट सिफारिसमा परेका मनोज शर्मा, हरि फुयाल र कुमार रेग्मीमा त निष्पक्ष न्याय सम्पादन गर्ने क्षमता नै नभएको भन्दै उजुरीकर्ताले यस्ता व्यक्तिलाइ कसरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा अनुमोदन गर्नुहुन्छ भन्दै सांसदहरूलाइ प्रश्न गरे । मनोज शर्माको त निरन्तर १५ वकालतको अवधि नै नपुगेको भन्दै यसलाई पुष्टि गर्न समितिलाई चुनौती दिएका थिए । तिनैमध्येका एक वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नियुक्तिको संवैधानिक प्रक्रिया नै नमिलेको र योग्यता पनि नपुगेको भन्दै न्यायपरिषदको सिफारिस रोक्नैपर्ने बताए ।
News Desk 0 response बिहिबार, बैशाख ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२