

सर्वोच्चमा न्यायाधीश सिफारिस भएका ब्यक्ति गलत रहेको भन्दै समितिमै धुरुधुरु
ढुङ्गानाले उच्च अदालतमा छँदा आर्थिक चलखेल गरी सधैँ एउटै इजलासमा मुद्दा तोकेकोदेखि धम्की दिएको सम्म आरोप लगाइन् । उजुरीबारे प्रस्ट पार्ने क्रममा उनी भक्कानिएकी थिइन् ।
-
काठमाडौं ।
पछिल्लो पटक न्यायाधीशमा सिफारिस भएका ब्यक्तिउपर निक्कै
आलोचना भएको छ । योग्य नभएको ब्यक्तिलाई सिफारिस गरिएको भन्दै सर्वसाधारणदेखि चलेका कानुन ब्यवसायी पनि उजुरी लिएर पुगेका छन् ।
उच्च अदालतबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध उजुरी दिएर समितिमा पुगेकी अञ्जुकुमारी दाहालले ढुङ्गानाले न्यायिक इमान भएको व्यक्ति भएकाले उनलाई सर्वोच्चमा नियुक्त नगर्न आग्रह गरिन् । ढुङ्गानाले उच्च अदालतमा छँदा आर्थिक चलखेल गरी सधैँ एउटै इजलासमा मुद्दा तोकेकोदेखि धम्की दिएको सम्म आरोप लगाइन् । उजुरीबारे प्रस्ट पार्ने क्रममा उनी भक्कानिएकी थिइन् ।कानुन व्यवसायीबाट सिफारिसमा परेका मनोज शर्मा, हरि फुयाल र कुमार रेग्मीमा त निष्पक्ष न्याय सम्पादन गर्ने क्षमता नै नभएको भन्दै उजुरीकर्ताले यस्ता व्यक्तिलाइ कसरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा अनुमोदन गर्नुहुन्छ भन्दै सांसदहरूलाइ प्रश्न गरे । मनोज शर्माको त निरन्तर १५ वकालतको अवधि नै नपुगेको भन्दै यसलाई पुष्टि गर्न समितिलाई चुनौती दिएका थिए । तिनैमध्येका एक वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नियुक्तिको संवैधानिक प्रक्रिया नै नमिलेको र योग्यता पनि नपुगेको भन्दै न्यायपरिषदको सिफारिस रोक्नैपर्ने बताए ।
News Desk 0 response बिहिबार, बैशाख ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



