

प्रधानमन्त्री कार्यालयले रोक्न खोज्दाखोज्दै पनि फुत्किएर विदेश
प्रम कार्यालयको मौखिक, लिखित सबै निर्देशनको अवज्ञा गर्दै उनीहरु रातारात बाहिरिएका हुन् । औषधी व्यवसायीहरुको खर्चमा केही डाक्टर, स्वास्थ्य स्वयंसेवक, हेल्थ असिस्टेन्ट, औषधी बिक्रेता सिंगापुर, साउदी अरेबियातिर उडेको बताइन्छ ।
-
काठमाडौं ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत ३८ जनाको दरले दुई लटमा ७६ जना कर्मचारी प्रधानमन्त्री कार्यालयले रोक्न खोज्दाखोज्दै पनि फुत्किएर विदेश गएको पाइएको छ । प्रम कार्यालयको मौखिक, लिखित सबै निर्देशनको अवज्ञा गर्दै उनीहरु रातारात बाहिरिएका हुन् । औषधी व्यवसायीहरुको खर्चमा केही डाक्टर, स्वास्थ्य स्वयंसेवक, हेल्थ असिस्टेन्ट, औषधी बिक्रेता सिंगापुर, साउदी अरेबियातिर उडेको बताइन्छ । यसबारे स्वास्थ्य सचिव डा.पुष्पा चौधरी र चन्द्र घिमिरेलाई स्पष्टिकरण सोधिएको छ । यसरी औषधी व्यवसायीको खर्चमा घुमेर आएपछि डाक्टरका प्रेस्क्रिप्सनमा तिनैका औषधी लेखिने भए । बिरामीको जीवनसँग के मतलब ? सामान्य कुरा हो, व्यापारीले कुनै विषयमा लगानी गर्छ भने नाफा त असुल्छ–असुल्छ † यहाँ पनि त्यही कुरा लागु हुने हो । औषधि कम्पनीको प्रायोजनमा थाइल्याण्ड घुम्न गएका स्वास्थ्य मन्त्रालय मातहतका केही कर्मचारी, सिनियर अहेबहरु विनोद शर्मा, लक्ष्मण साह, उपेन्द्रदास शशी, अशोककुमार यादव सबै धनुषा जिल्ला स्थास्थ्य कार्यालय मातहत कार्यरत छन् र सम्भवतः आज–भोलि नै नेपाल फर्कंदै छन् ।
News Desk 0 response बुधबार, बैशाख ४, २०७६
अहिले बालुवाटारको बुझाईमा अत्यधिक घुम्ने मन्त्रीमा उपेन्द्र यादवपछि लालबाबु पण्डित छन् । लालबाबु पाए विदेश, नपाए पनि स्वदेशतिर घुमिरहनेमा पर्छन् । सरकारी चिकित्सक काम छाडेर हड्तालमा उत्रँदा अस्पतालको सेवा प्रभावित भएको छ । प्रमको तहबाट हस्तक्षेप गर्नुपर्ने अवस्था छ । यस्तो जटिल स्थितिमा स्वास्थ्यमन्त्रीचाहिँ फेरि विदेशतिर लागेका छन् । १५ दिनअघि विदेशबाट फर्किएलगत्तै उनी त्यता हिँडेका जनआस्थामा समाचार छ ।

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



