

हाकिमका छोराको यस्तो हालिमुहाली
हालै मात्र समायोजन हुँदा कनिष्ठ सिभिल इञ्जिनियर आशुतोष स्थानीय तहमा परे । चतुर गजेन्द्रले आफैंसँगै राख्ने उद्देश्यसहित छोरालाई आफू सरुवा भई साना शहरी खानेपानीबाट नेपाल ट्रष्टको कार्यालयमा आउन चाहेको व्यहोरासहितको पत्र लेख्न लगाए । रमाइलोचाहिँ जुन दिन पुत्रको पत्र दर्ता भयो त्यही दिन सचिवस्तरीय निर्णयबाट स्वीकृत भयो र अघिल्लो आइतबार नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सचिवपुत्रको सरुवाका लागि स्वीकृति दिन माग गर्दै पत्र पठाउन लगाए ।
-
काठमाडौं ।
नेपाल ट्रष्टको कार्यालय पुगेलगत्तै कान्छा पुत्रलाई आफैं प्रमुख भएको अड्डामा तान्न खोज्दै छन्,गजेन्द्र ठाकुर ।
News Desk 0 response बुधबार, बैशाख ४, २०७६
यसअघि खानेपानी मन्त्रालयमा पुगेलगत्तै सबैभन्दा पहिला छोरा आशुतोषलाई खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामा नियुक्ति दिलाए । मेलम्ची परियोजनाको ठेकेदार सिएमसीले ठेक्का नै रद्द गरेर भाग्दा वार्ता गर्न भन्दै विदेश जानेमध्येका आशुतोष हुन् । उनले बैंककमा पुगेर सिएमसीसँग २ करोड रुपैयाँ मागेको स्रोतको दाबी छ । तैपनि सिएमसी ठेक्कै छोडेर भाग्यो र फर्किएन ।
हालै मात्र समायोजन हुँदा कनिष्ठ सिभिल इञ्जिनियर आशुतोष स्थानीय तहमा परे । चतुर गजेन्द्रले आफैंसँगै राख्ने उद्देश्यसहित छोरालाई आफू सरुवा भई साना शहरी खानेपानीबाट नेपाल ट्रष्टको कार्यालयमा आउन चाहेको व्यहोरासहितको पत्र लेख्न लगाए । रमाइलोचाहिँ जुन दिन पुत्रको पत्र दर्ता भयो त्यही दिन सचिवस्तरीय निर्णयबाट स्वीकृत भयो र अघिल्लो आइतबार नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सचिवपुत्रको सरुवाका लागि स्वीकृति दिन माग गर्दै पत्र पठाउन लगाए । गजेन्द्रको यो पत्रले सामान्यमा हल्लीखल्ली मच्चिएको जनआस्थाले लेखेको छ । जसरी यसअघि अख्तियार प्रवक्ता रामेश्वर दंगालका पुत्र सुजन भरतपुर महानगरपालिकामा समायोजन भएको २४ घण्टा नबित्दै अख्तियारमै फर्किएका थिए ठीक उही ढंगबाट गजेन्द्रले पनि पुत्रलाई संघमै रोक्न चाल चलेपछि सिंहदरबारस्थित सामान्यको समायोजन शाखाका कर्मचारी उफ्रन थालेका छन् ।
शान्ति मन्त्रालयमा हुँदा गाडीकाण्ड मच्चाए । खानेपानी पुगेर मेलम्चीका ठेकेदार सिएमसीलाई भगाए । जे होस ठाकुरको चर्तिकला गजवै रहेको छ ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



