
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको ४ अर्ब १५ करोड बेरुजू
केही दिन अघि मात्र राजीनामा गरेका सचिव थपलिया निर्वाचन आयोगको प्रमुखमा सिफारिस भएका छन् । बेरुजू फछ्र्योट गर्ने सम्वन्धि वनेको प्रतिवेदनमा त्यो बेरुजू अंकसँगै फछ्र्याैट नगर्ने र समयमैै जवाफ नदिने पदाधिकारीमाथि सजाय र जरिबाना र विभागीय कारबाही गर्ने चेतावनीयुक्त वाक्यांश राखेर सिफारिस भएको छ । यो सिफारिस अक्षरशः पालना हुने हो भने संवैधानिक अंग, अन्य प्रकृतिका कुनै पनि आयोग र सरकारी सुविधामा पदमा बहालवाला र पूर्व सचिवहरू योग्य हुँदैनन् र हुनेछैनन् । कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिवहरू पनि सचिवका निम्ति योग्य ठहरिँदैनन् । मुख्यसचिव नेतृत्वमा निर्मित प्रतिवदेन कार्यान्वयन हुन्छ कि हुन्न ? त्यही प्रतिवेदन सरकारसामु पुगेपछि सचिव दिनेश थपलिया निर्वाचन आयोगका प्रमुख आयुक्तमा सिफारिस भए । ‘लक्ष्यअनुरूप बेरुजू फछ्र्योट गराउन क्रियाशील नहुने पदाधिकारीलाई नेतृत्वदायी पदमा नियुक्त नदिने’ सिफारिस सो प्रतिवेदनमा छ ।
-
काठमाडौं ।
महालेखापरीक्षकको छपन्नौँ वार्षिक प्रतिवेदन २०७५ अनुसार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको यो वर्ष सरकारी कार्यालयतर्फ १९३ निकायमा ४ अर्ब ५४ करोड ९९ लाख ४४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । प्रारम्भिक प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराएपछि ३९ करोड ३८ हजार रुपैयाँ फछ्र्यौट गरेको र ४ अर्ब १५ करोड ९९ लाख ६ हजार फछ्र्यौट गर्न बाँकी रहेको छ । सोमध्ये १ अर्ब ४० करोड ९७ लाख ४ हजार रुपैयाँ पेस्की बेरुजू रहेको छ । सँगठित संस्था, अन्य संस्था र समितितर्फ ६८ निकायमा ३२ करोड ५५ लाख ६ हजार बेरुजू देखिएको छ । सोमध्ये रु. १ करोड २३ लाख ३४ हजार फछ्र्यौट गरेकोले रु.३१. करोड ३१ लाख ७२ हजार बाँकी रहेको छ । सोमध्ये रु.१६ करोड ७२ लाख पेस्की बेरुजू रहेको छ । मन्त्रालय र मातहत २६१ निकायको लेखापरीक्षणबाट देखिएको बेरुजूको रहेको मन्त्रालयमा मन्त्री लालबाबु पण्डित छन् भने सम्पूर्ण प्रशासन क्षेत्रको नेतृत्व सचिव दिनेश थपलियाले गरेका छन् । केही दिन अघि मात्र राजीनामा गरेका सचिव थपलिया निर्वाचन आयोगको प्रमुखमा सिफारिस भएका छन् ।
बेरुजू फछ्र्योट गर्ने सम्वन्धि वनेको प्रतिवेदनमा त्यो बेरुजू अंकसँगै फछ्र्याैट नगर्ने र समयमैै जवाफ नदिने पदाधिकारीमाथि सजाय र जरिबाना र विभागीय कारबाही गर्ने चेतावनीयुक्त वाक्यांश राखेर सिफारिस भएको छ ।
यो सिफारिस अक्षरशः पालना हुने हो भने संवैधानिक अंग, अन्य प्रकृतिका कुनै पनि आयोग र सरकारी सुविधामा पदमा बहालवाला र पूर्व सचिवहरू योग्य हुँदैनन् र हुनेछैनन् । कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिवहरू पनि सचिवका निम्ति योग्य ठहरिँदैनन् ।
मुख्यसचिव नेतृत्वमा निर्मित प्रतिवदेन कार्यान्वयन हुन्छ कि हुन्न ? त्यही प्रतिवेदन सरकारसामु पुगेपछि सचिव दिनेश थपलिया निर्वाचन आयोगका प्रमुख आयुक्तमा सिफारिस भए । ‘लक्ष्यअनुरूप बेरुजू फछ्र्योट गराउन क्रियाशील नहुने पदाधिकारीलाई नेतृत्वदायी पदमा नियुक्त नदिने’ सिफारिस सो प्रतिवेदनमा छ । निर्वाचन आयोगको नेतृत्वदायी भूमिकामा पुग्दै गरेका सचिवका सन्दर्भमा उनले सम्हालेको मन्त्रालयमा बेरुजू कति थियो कसैले खोजेको छैन । संविधानतः संवैधानिक परिषद्का सचिव पनि उनै मुख्यसचिव लोकदर्शन रेग्मी हुन् ।र, बेरुजू फछ्र्योटका मूल्यांकन र अनुगमनकर्ता पनि । उनी संवैधानिक परिषद्को बैठक चलिरहँदा र निर्णयमा हस्ताक्षर गर्दा संवेदनशील भएको देखिन्न । निर्वाचन आयोगको नेतृत्वदायी नियुक्तिसँगै बेरुजू पनि खुल्नुपथ्र्यो। सँगै सिफारिस वजनदार र अर्थपूर्ण मानिन्थ्यो। तर उनको मौनतासँगै उनकै सुझाव बोझिलो बनेको छ । यस बिषयमा उजुरी परेर प्रस्तावित प्रमुख निर्वाचन आयुक्र मात्र होईन मुख्यसचिव लोकदर्शन रेग्मी पनि नैतिक संकटमा पर्नेछन् । त्यसोत संवैधानिक परिषद्का सचिव रहेका मुख्यसचिव रेग्मीले संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित प्रमुख आयुक्तका बेरुजू प्रस्तुत गर्न सके उनीको नैतिकबल उच्च हुनेछ । उनले यसमा क्षमता प्रदर्शन गर्न सकेमात्र सरकारी खर्चमा संकलित तथ्य र निर्मित प्रतिवेदन काम लाग्न सक्ने जानकारहरु बताउँछन् ।
News Desk 0 response सोमवार, बैशाख २, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९