
संसद सचिवालयका कर्मचारीलाई तीन करोड रुपैयाँ गैरकानुनीरुपमा प्रोत्साहन भत्ता
महालेखा परीक्षकको कार्यालयले संसद सचिवालयले कर्मचारीलाई गैरुकानुनीरुपमा प्रोत्साहन भत्ता दिएको भन्दै ३ करोड ६९ लाख रुपैयाँ असुल गर्न भनेको छ ।
-
काठमाडौं ।
महालेखा परीक्षकको कार्यालयले संसद सचिवालयले कर्मचारीलाई गैरकानुनीरुपमा प्रोत्साहन भत्ता दिएको भन्दै ३ करोड ६९ लाख रुपैयाँ असुल गर्न भनेको छ । सरकारी कार्यालयले ३५ अर्ब ४८ करोड रुपैयाँ आवश्यक कागजातविनै खर्च गरेको पाइएको छ ।
News Desk 0 response सोमवार, बैशाख २, २०७६
महालेखाको ५६ औं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष १ खर्ब ४१ अर्ब रुपैयाँले बढेर ६ खर्ब ८३ अर्ब ६६ करोड बेरुजु पुगेको छ । बेरुजु धेरै हुनेमा अर्थ मन्त्रालय पहिलो, भौतिक पूर्वाधार दोस्रो र रक्षा मन्त्रालय तेस्रो नम्बरमा छन् । प्रतिवेदन अनुसार थप भएको बेरुजुमध्ये २५ प्रतिशत अर्थात ३५ अर्ब ४८ करोड रुपैयाँ असुल गर्नुपर्ने खालको छ ।
विकास बजेटको ठूलो अंश वर्षको अन्तिममा कानुनविपरीत खर्चने प्रवृत्तिलाइ पनि सुशासनको गिर्दो सूचकका रूपमा महालेखाले औँल्याएको छ । नियमअनुसार असार २५ गते खाता बन्द गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष १ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँ असार २५ देखि ३१ गतेबीचको सात दिनमा खर्च गरिएको छ । असार महिनामा मात्र २ खर्ब २२ अर्ब ८३ करोड खर्च गरिएको छ ।
स्थानीय तहले विकास निर्माणमा खर्च गर्नुपर्ने रकममध्ये १ अर्ब १९ करोड ४० लाख रुपैयाँमा सवारी साधन मात्र किनेका छन् । स्थानीय जनप्रतिनिधिले ६ करोड ३१ लाख रुपैयाँ कानुनविपरीत आर्थिक सहायता बाँडेका छन् । तिनले ४९ करोड ७५ लाख रुपैयाँ भत्ता र २२ करोड ३७ लाख रुपैयाँ सुविधा लिएका छन् । यो रकम महालेखाले असुल गर्न भनेको छ ।


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९