

संसद सचिवालयका कर्मचारीलाई तीन करोड रुपैयाँ गैरकानुनीरुपमा प्रोत्साहन भत्ता
महालेखा परीक्षकको कार्यालयले संसद सचिवालयले कर्मचारीलाई गैरुकानुनीरुपमा प्रोत्साहन भत्ता दिएको भन्दै ३ करोड ६९ लाख रुपैयाँ असुल गर्न भनेको छ ।
-
काठमाडौं ।
महालेखा परीक्षकको कार्यालयले संसद सचिवालयले कर्मचारीलाई गैरकानुनीरुपमा प्रोत्साहन भत्ता दिएको भन्दै ३ करोड ६९ लाख रुपैयाँ असुल गर्न भनेको छ । सरकारी कार्यालयले ३५ अर्ब ४८ करोड रुपैयाँ आवश्यक कागजातविनै खर्च गरेको पाइएको छ ।
News Desk 0 response सोमवार, बैशाख २, २०७६
महालेखाको ५६ औं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष १ खर्ब ४१ अर्ब रुपैयाँले बढेर ६ खर्ब ८३ अर्ब ६६ करोड बेरुजु पुगेको छ । बेरुजु धेरै हुनेमा अर्थ मन्त्रालय पहिलो, भौतिक पूर्वाधार दोस्रो र रक्षा मन्त्रालय तेस्रो नम्बरमा छन् । प्रतिवेदन अनुसार थप भएको बेरुजुमध्ये २५ प्रतिशत अर्थात ३५ अर्ब ४८ करोड रुपैयाँ असुल गर्नुपर्ने खालको छ ।
विकास बजेटको ठूलो अंश वर्षको अन्तिममा कानुनविपरीत खर्चने प्रवृत्तिलाइ पनि सुशासनको गिर्दो सूचकका रूपमा महालेखाले औँल्याएको छ । नियमअनुसार असार २५ गते खाता बन्द गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष १ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँ असार २५ देखि ३१ गतेबीचको सात दिनमा खर्च गरिएको छ । असार महिनामा मात्र २ खर्ब २२ अर्ब ८३ करोड खर्च गरिएको छ ।
स्थानीय तहले विकास निर्माणमा खर्च गर्नुपर्ने रकममध्ये १ अर्ब १९ करोड ४० लाख रुपैयाँमा सवारी साधन मात्र किनेका छन् । स्थानीय जनप्रतिनिधिले ६ करोड ३१ लाख रुपैयाँ कानुनविपरीत आर्थिक सहायता बाँडेका छन् । तिनले ४९ करोड ७५ लाख रुपैयाँ भत्ता र २२ करोड ३७ लाख रुपैयाँ सुविधा लिएका छन् । यो रकम महालेखाले असुल गर्न भनेको छ ।

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



