

-
काठमाडौं ।
हवाईजहाज तथा यात्रुको सुरक्षा गर्नुपर्ने मुख्य जिम्मेवारीप्राप्त नागरिक उड्डयन प्राधिकरणले त्यहीे कामको निम्ति भर्ती गरिएका विज्ञलाई अन्तै खटाएको पाइएको छ । विमानस्थलमा अवतरण र उडान हुने सम्पूर्ण जहाजको प्राविधिक, भौतिक र सुरक्षासम्बन्धी मापदण्डको चुस्त व्यवस्थापन गर्न एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभाग खडा गरिएको छ । र, सोही विषयमा विशेष अध्ययन र दक्षता भएका प्रदीप अधिकारीलाई सामान्य अधिकृतबाट एकैचोटि विज्ञको रूपमा ११औं तहमा भर्नासमेत गरिएको छ । तर प्रदीप हाकिम बनेलगत्तै अर्बौंका ठूला आयोजनातिर आकर्षित भएका छन् । अहिले उनी राष्ट्रिय गौरवका आयोजना– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख छन् । प्रदीपलाई उनको विज्ञता नै नभएका अनेकौं जिम्मामा किन खटाइयो ? जबकि पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणको प्राविधिक खाका तयार गर्ने विज्ञ सिभिल इञ्जिनियरहरू अहिले पनि जिम्मेवारीविहीन अवस्थामा मिल्काइएका छन् । एरोड्रम सेफ्टी विज्ञलाई विमानस्थल निर्माणको जिम्मा दिनु अस्पतालको चिकित्सकलाई घरको नक्शा बनाउने काममा लगाउनुजस्तै हैन र !
News Desk 0 response बिहिबार, चैत्र १४, २०७५
प्रदीपलाई प्राधिकरणको करिब ८० प्रतिशत बजेट ओगट्ने आयोजनाको जिम्मा दिइएको छ । उनै गएपछि हो सबभन्दा सस्तो आयोजनाका रूपमा चिनिएको गौतम बुद्ध विमानस्थलको लागत तेब्बर बढाइएको । आठ अर्बमा विमानस्थल निर्माणको चुस्त प्राविधिक प्रतिवेदन बनाउने उच्चाधिकारी भने जिम्मेवारीविहीन अवस्थामा छन् ।
खेतको रूपमा रहेका जमिनलाई प्लटिंग गर्न लगाएर प्रचलित मूल्यभन्दा हजारौं गुणा बढीमा सो जग्गा अधिग्रहण गरिएको आरोप छ । तर अर्बौं रकमको चलखेलसामु सबै असामान्य घटनाक्रम छोपिएका छन् ।
एकातिर सेफ्टी विज्ञ निर्माणतिर गई लागत बढाइरहेका छन्, अर्कातर्फ नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भन्दै युरोपियन युनियनले कालोसूचीमा राखिरहेको समाचार जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



